BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

काठमाण्डाै । नेपाली कांग्रेसकि नेतृ तथा महासमिति सदस्य लिला नेपालले पार्टी भित्र भ्रस्ट ब्यक्तीहरू भएकाे भन्दै त्यस्ता ब्यक्तिहरूलाई पाखा नलगाए सम्म पार्टीभित्रका निस्ठावान कार्यकर्ताहरूकाे न्याय नहुने बताएकि छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित बृहत् वनभाेज तथा नयाँ बर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै नेतृ नेपालले भनिन ‘भ्रस्टाचारीलाई सलाम गर्नुहुन्छ भने देशकाे बिकास हुँदैन’ । जनताकाे लागि रगतकाे खाेला बगाउने ब्यक्ति पाखा लाग्ने अवस्था आएकाे उनले बताइन ।

‘पार्टीकाे लागि अहाेरात्र लड्ने ब्यक्तिलाई पाखा लगाइयाे’, उनले भनिन ‘टिकट किन्ने लाई पार्टीकाे माया हुन्न, भ्रस्टाचारी मात्र पार्टीमा हालीमुहाली गर्ने अवस्था आयाे’ ।

युवाहरूले भ्रस्ट नेताहरूकाे बिराेध गर्न सक्नुपर्ने बताउँदै नेपालले कांग्रेस पार्टी भ्रस्टाचारीलाई मान्ने पार्टी नभएकाे बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय