BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाण्डाै । नेपाली कांग्रेसकि नेतृ तथा महासमिति सदस्य लिला नेपालले पार्टी भित्र भ्रस्ट ब्यक्तीहरू भएकाे भन्दै त्यस्ता ब्यक्तिहरूलाई पाखा नलगाए सम्म पार्टीभित्रका निस्ठावान कार्यकर्ताहरूकाे न्याय नहुने बताएकि छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित बृहत् वनभाेज तथा नयाँ बर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै नेतृ नेपालले भनिन ‘भ्रस्टाचारीलाई सलाम गर्नुहुन्छ भने देशकाे बिकास हुँदैन’ । जनताकाे लागि रगतकाे खाेला बगाउने ब्यक्ति पाखा लाग्ने अवस्था आएकाे उनले बताइन ।

‘पार्टीकाे लागि अहाेरात्र लड्ने ब्यक्तिलाई पाखा लगाइयाे’, उनले भनिन ‘टिकट किन्ने लाई पार्टीकाे माया हुन्न, भ्रस्टाचारी मात्र पार्टीमा हालीमुहाली गर्ने अवस्था आयाे’ ।

युवाहरूले भ्रस्ट नेताहरूकाे बिराेध गर्न सक्नुपर्ने बताउँदै नेपालले कांग्रेस पार्टी भ्रस्टाचारीलाई मान्ने पार्टी नभएकाे बताइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय