BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नं ९ र १० को बुढिचौरको सामुदायिक वनमा शनिवार दिउँसो पुनः लागेकाे डढेलो ईन्द्रावती ४ का वडा सचिव एवं वडा नं १० का स्थानीय मदन कुमार भट्टराईको सक्रियतामा नियन्त्रणमा लिइएकाे छ ।

पाटि गाँउ बाट २४ जना स्थानीयको सक्रियतामा दिउँसो करिब ४ बजे आगलागी नियन्त्रण भएको हाे । आगलागी नियन्त्रणमा भुवल तामाङ, ज्ञान बहादुर तामाङ, चिनमाया तामाङ, विष्णुमाया तामाङ, तारामाई तामाङ, असली तामाङ, प्रमिला तामाङ, लोकमान तामाङ, रिता तामाङ, ठुलि तामाङ, दिल कुमार तामाङ, मनु तामाङ, जुनमाया तामाङ, सुकदेवी तामाङ, देउमान तामाङ, रविन तामाङ, नानि तामाङ, आईति तामाङ, चमेली तामाङ, राममाया तामाङ, कृष्णमाया तामाङ, सुरेन्द्र थापा मगर, अमृत भट्टराई, मदन कुमार भट्टराई लगायत सक्रिय थिए ।

पछिल्लो हप्ता मात्र ३ पटक डढेलो लागेपनि कसले र किन डढेलो लगाएको हाे भन्ने कुरा यकिन हुन सकेकाे छैन । डढेलो तिनै पटक ईन्द्रावती ९ तर्फको जंगल बाट सुरु भएको थियाे ।

शनिवार दिउँसो डढेलो नियन्त्रणमा स्थानीय ८० बर्ष माथिका जेष्ट नागरिक लगायत अधिकांश महिलाहरुको उपस्थिति रहेकाे थियो । शुक्रबार बेलुका लागेको डढेलो बडहरे माख्लोगाउँका १२ जना स्थानीयको सक्रियतामा राति ११ बजे नियन्त्रण गरिएको थियो ।

शुक्रवार राती आगो निभाएका स्थानीयहरुले भने राति निभाएको आगो फेरि भोलिपल्ट दिउँसो नै पुनः डढेलाे लाग्नुमा स्थानीय जिवनाथ भट्टराईले दु:ख व्यक्त गरे ।

शुक्रवार बेलुका जिवनाथ भट्टराई (क) बर्ष ६४, बाबुराम भट्टराई, शंकर दुलाल, रामशरण भट्टराई, मदन कुमार भट्टराई, प्रकाश दुलाल, सिर्जना भट्टराई, सन्जु भट्टराई, सुरेन्द्र थापा, अमृत भट्टराई र संगम थापा लगायतका स्थानियकाे सक्रियतामा आगाे नियन्त्रणमा लिइएकाे थियाे ।

बुढिचौर मा ९ र १० का ५ वटा सामुदायिक वन उपभोक्ता समिती भएपनी वन समितिको खासै प्रभाव देखिएकाे छैन । वन समितिहरू निस्कृय हुनाले पनि वनमा आगोलागी, काठ चोरी, सिमाना मिचिने जस्ता समस्याहरु बढेको आगोलागि नियन्त्रणमा सकृय स्थानीय शंकर दुलालको भनाई छ ।

वन डढेलाे नियन्त्रणमा स्थानिय सरकार, वन उपभाेक्ता समिति र डिविजन वन कार्यालयकाे उदासिनता देखिएकाे स्थानियले बताए । बन डढेलाे लाग्न नदिन सचेतनाकाे कार्यक्रमका साथै डढेलाे लगाउनेकाे पहिचान गरि कडाईका साथ कारवाहि गर्नुपर्ने स्थानियकाे माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय