BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाण्डाै । सिन्धुपाल्चाेकका कांग्रेसहरू एकै ठाउँमा उभिन जरूरी रहेकाे नेपाली कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठले बताएका छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित बृहत् वनभाेज तथा नयाँ बर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेता श्रेष्ठले पार्टीका सबै व्यक्तिहरू एकै ठाउँमा बसेर छलफल गर्न जरूरी रहेकाे बताए ।

एक समुहले अर्काे समुहलाई कार्यक्रममा समेत बाेलाउन छाडेकाे उनकाे भनाई छ । साे अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतलाई श्रेष्ठले नयाँ बर्षकाे शुभकामना व्यक्त गरे ।

‘पार्टी एक ढिक्का बनाएर लैजान माेहन बस्नेतकाे सद‍्बुद्धि पलाओस । नयाँ बर्षकाे यहि शुभकामना छ’, उनले भने । ‘माेहन बस्नेत समुहले गर्ने हरेक कार्यक्रममा जिल्ला सभापती र सहमहामन्त्रीलाई बाेलाइदैन’, श्रेष्ठले थपे । यसले पार्टी बलियाे नहुने उनले तर्क गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय