BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

काठमाण्डाै । सिन्धुपाल्चाेकका कांग्रेसहरू एकै ठाउँमा उभिन जरूरी रहेकाे नेपाली कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठले बताएका छन ।

नेपाली कांग्रेस सिन्धुपाल्चाेक काठमाण्डाै सम्पर्क समिति द्वारा आयाेजित बृहत् वनभाेज तथा नयाँ बर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेता श्रेष्ठले पार्टीका सबै व्यक्तिहरू एकै ठाउँमा बसेर छलफल गर्न जरूरी रहेकाे बताए ।

एक समुहले अर्काे समुहलाई कार्यक्रममा समेत बाेलाउन छाडेकाे उनकाे भनाई छ । साे अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतलाई श्रेष्ठले नयाँ बर्षकाे शुभकामना व्यक्त गरे ।

‘पार्टी एक ढिक्का बनाएर लैजान माेहन बस्नेतकाे सद‍्बुद्धि पलाओस । नयाँ बर्षकाे यहि शुभकामना छ’, उनले भने । ‘माेहन बस्नेत समुहले गर्ने हरेक कार्यक्रममा जिल्ला सभापती र सहमहामन्त्रीलाई बाेलाइदैन’, श्रेष्ठले थपे । यसले पार्टी बलियाे नहुने उनले तर्क गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय