सिम्पालकाभ्रे । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं २ बाट निर्वाचित संघिय सांसद मोहन बहादुर बस्नेतकाे प्रमुख आतिथ्यतामा इन्द्रावती गाउँपालिका वडा नं १ का सबै विद्यालयका विद्यार्थी र शिक्षकलाई शैक्षिक सामाग्री तथा ट्रयाकसुट टी-सर्ट बितरण गरिएकाे छ ।


समाजसेवी तथा शैक्षिक अभियन्ता मोहन बहादुर गिरीकाे सहयाेगमा साे सामाग्री बितरण गरिएकाे हाे । श्री सिम्पालेश्वरी माध्यमिक विद्यालय, श्री नवकन्या आधारभूत विद्यालय, श्री भूवनेश्वरी आधारभूत विद्यालय, श्री गोल्मेश्वरी आधारभूत विद्यालय, हिमान्चल आधारभूत विद्यालय, श्री बागेश्वरी आधारभूत विद्यालयका करिव ५४१ शिक्षक र विद्यार्थीलाई शैक्षिक सामग्री तथा ट्रयाकसुट टी-सर्ट लगायतका सामाग्रीहरु बितरण गरिएकाे हाे ।

एक कार्यक्रमका बिच श्री सिम्पालेश्वरी माध्यमिक विद्यालयकाे प्राङ्गणमा सबै विद्यालयका शिक्षक तथा विद्यार्थीलाई शैक्षिक सामाग्रि तथा ट्रयाक टी-सर्ट हस्तान्तरण गरिएकाे हाे ।

शैक्षिक अभियन्ता माेहन गिरिले आफुले हाल ४४ जना विद्यार्थी पढाईरहेकाे जानकारी दिए । साथै सिम्पालेश्वरीकाे ३ जना विद्यार्थी आफुले निशुल्क पढाइदिने उनले उद्घाेष गरे ।

गिरिले यसअघि इन्द्रावतीका करिव १६ वटा विद्यालयमा शैक्षिक सामग्री तथा ट्र्याक सुट वितरण गरिसकेका छन । इन्द्रावतीका करिब ५० जना शिक्षक शिक्षिका तथा करिब २ हजार जना बिद्यार्थीलाई शैक्षिक सामाग्री तथा ट्र्याकसुट यसअघि वितरण गरिसकिएकाे छ ।
गाउँपालिका भरी क्रियाशिल ४२ वटै विद्यालयमा शैक्षिक सामाग्री र ट्र्याकसुट टी-सर्ट बितरण गर्ने योजना रहेकाे अभियन्ता गिरिले जानकारी दिए । इन्द्रावती २ पोखरे निवासी शैक्षिक अभियन्ता गिरी नेपाली काँग्रेसकाे क्षेत्रिय प्रतिनिधि समेत हुन ।
साे कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्व मन्त्री बस्नेतले सिन्धुपाल्चाेकमा एकै पटक ३९ वटा स्वास्थ्य चाैकी भवन बन्न लागेकाे जानकारी दिए । यहि बर्ष सिम्पालकाभ्रेमा स्वास्थ्य चाैकी बन्ने बताउँदै यश वडामा एक पक्की माेटरेवल पुल बनाउने उद्घाेष गरे ।

पुर्व गृह राज्य मन्त्री बिष्णु बिक्रम थापाले वंशलाल तामाङकाे कार्यकालमा जति काम गर्न याे टिमले नसकेकाे बताएका छन । ‘वडा अध्यक्ष सबै जना सक्षम हुनुहुन्छ तरपनि बिकासले गति लिन सकेन’, उनले भने । पहिलाकाे तुलनामा अहिले बिकास कम भएकाे जनताकाे गुनासाे आएकाे उनले बताए ।

कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले शैक्षिक प्रगतीमा सिम्पालेश्वरी मावि अब्बल भएकाेमा खुसी ब्यक्त गरे । अब सिम्पालकाभ्रे धेरै समय दुर्गम बाट प्रताडित हुनुनपर्ने उनकाे भनाई छ । साे अवसरमा उनले माेहन गिरि जस्ता शैक्षिक अभियन्ताले शिक्षाकाे गुणस्तर अभिबृद्विमा टेवा पुराएकाेमा धन्यवाद ब्यक्त गर्नुभयाे । पुर्व अध्यक्ष तामाङले अहिलेकाे पालिकाकाे नेतृत्व कर्तब्य बाट बिमुख भएकाे बताए । शिक्षामा इतिहासमै नराम्राे नतिजा इन्द्रावतीमा आएकाेमा उनले दुख व्यक्त गरे ।

साे कार्यक्रममा पूर्व गृह राज्यमन्त्री विष्णु विक्रम थापा, पूर्व इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ, नेपाली कांग्रेस जिल्ला उपसभापति टंक कार्की, इन्द्रावती १ का अध्यक्ष चिनलाल तामाङ, इन्द्रावती २ का अध्यक्ष श्याम बहादुर गिरि लगायतको उपस्थिती रहेकाे थियाे ।

