BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकालाई राजनीतिक भर्ती केन्द्र बनाउन लागेकाे भन्दै गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले आपत्ती जनाएका छन ।

इन्द्रावती १ सिम्पालकाभ्रेमा शैक्षिक सामाग्री तथा ट्र्याकसुट टी-सर्ट बितरण कार्यक्रममा मन्तब्य राख्दै तामाङले भने ‘ईन्द्रावतीलाई राजनीतिक भर्ती केन्द्र बनाएकाे छ भने हामी चुप लागेर बस्ने छैनाैँ, हामी प्रतिकार गर्छाैँ’ । ‘इन्द्रावती गाउँपालिका कार्यकर्ता भर्ती केन्द्र नबनाेस’, उनले भने ।

याेग्यता नपुगेका र पार्टीकाे कार्यकर्ता विद्यालयमा भर्ती गर्ने प्रयास गरेकाे छ भन्ने सुन्नमा आएकाे भन्दै त्याे सफल नहुने उनले बताए । यसले कसैकाे भलाे नहुने तामाङकाे भनाई छ ।

‘अहिलेकाे नेतृत्व कर्तब्यबाट बिमुख हुनुभयाेकि भन्ने लागेकाे छ’, तामाङले थपे । इन्द्रावतीकाे शिक्षामा इतिहासमै नराम्राे नतिजा आएकाे भन्दै उनले दुख व्यक्त गरे ।

शैक्षिक प्रगतीमा सिम्पालेश्वरी मावि अब्बल भएकाे भन्दै तामाङले विद्यालयकाे प्रशंसा गरे । शैक्षिक सामाग्री तथा ट्र्याकसुट टी-सर्ट बितरण गरेर माेहन गिरि जस्ता शैक्षिक अभियन्ताले शिक्षाकाे गुणस्तर अभिबृद्विमा टेवा पुराएकाे बताए ।

वडा नं १ मा पनि स्वास्थ्यचाैकी भवन बन्न लागेकाे र भवन सम्पन्न भएपश्चात् यहि बाट विशेष स्वास्थ्य सेवा पाउन सकिने उनले जानकारी दिए । सिम्पाल काभ्रे अब धेरै समय दुर्गम बाट प्रताडित हुनुनपर्ने उनकाे भनाई छ । ‘गगन थापाले शुरू गरेकाे स्वास्थ्य नितिले गर्दा गाउँ गाउँमै स्वास्थ्य शेवा पाइरहेका छाैँ’, पुर्व अध्यक्ष तामाङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय