BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाले गाउँपालिकालाई राजनीतिक भर्ती केन्द्र बनाउन लागेकाे भन्दै गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङले आपत्ती जनाएका छन ।

इन्द्रावती १ सिम्पालकाभ्रेमा शैक्षिक सामाग्री तथा ट्र्याकसुट टी-सर्ट बितरण कार्यक्रममा मन्तब्य राख्दै तामाङले भने ‘ईन्द्रावतीलाई राजनीतिक भर्ती केन्द्र बनाएकाे छ भने हामी चुप लागेर बस्ने छैनाैँ, हामी प्रतिकार गर्छाैँ’ । ‘इन्द्रावती गाउँपालिका कार्यकर्ता भर्ती केन्द्र नबनाेस’, उनले भने ।

याेग्यता नपुगेका र पार्टीकाे कार्यकर्ता विद्यालयमा भर्ती गर्ने प्रयास गरेकाे छ भन्ने सुन्नमा आएकाे भन्दै त्याे सफल नहुने उनले बताए । यसले कसैकाे भलाे नहुने तामाङकाे भनाई छ ।

‘अहिलेकाे नेतृत्व कर्तब्यबाट बिमुख हुनुभयाेकि भन्ने लागेकाे छ’, तामाङले थपे । इन्द्रावतीकाे शिक्षामा इतिहासमै नराम्राे नतिजा आएकाे भन्दै उनले दुख व्यक्त गरे ।

शैक्षिक प्रगतीमा सिम्पालेश्वरी मावि अब्बल भएकाे भन्दै तामाङले विद्यालयकाे प्रशंसा गरे । शैक्षिक सामाग्री तथा ट्र्याकसुट टी-सर्ट बितरण गरेर माेहन गिरि जस्ता शैक्षिक अभियन्ताले शिक्षाकाे गुणस्तर अभिबृद्विमा टेवा पुराएकाे बताए ।

वडा नं १ मा पनि स्वास्थ्यचाैकी भवन बन्न लागेकाे र भवन सम्पन्न भएपश्चात् यहि बाट विशेष स्वास्थ्य सेवा पाउन सकिने उनले जानकारी दिए । सिम्पाल काभ्रे अब धेरै समय दुर्गम बाट प्रताडित हुनुनपर्ने उनकाे भनाई छ । ‘गगन थापाले शुरू गरेकाे स्वास्थ्य नितिले गर्दा गाउँ गाउँमै स्वास्थ्य शेवा पाइरहेका छाैँ’, पुर्व अध्यक्ष तामाङले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय