BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाको वडा नम्बर ३ को खुतुमेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शिविर सम्पन्न भएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिए ।

साविककाे कुञ्चाेक गाविस र हालकाे इन्द्रावती २ र ३ लाई मध्यनजर गर्दै शिविर गरिएकाे हाे । कुञ्चाेक स्वास्थ्य चाैकीमा शिविर भएकाे थियाे । इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष शाेभना तामाङले शिविरकाे उद्वाटन गरेकी थिइन ।

वडा नम्वर २ र ३ का आम नागरिक लाई केन्द्रमा राखेर ईन्द्रावती गाउँपालिकाको आयोजना र जर्मन नेपाल सहयोग संघको सहयोगमा खूतुमेडाँडामा सञ्चालित शिविरमा वडा नम्बर २ र ३ का नागरीकले सेवा लिएको वडा नम्बर २ का वडा अध्यक्ष श्याम बहादुर गिरीले जानकारी दिए ।

शिविरमा सामान्य चेकजाँच गराउने ३ सय २० जना, स्त्री तथा प्रसुति रोग जाँज गराउने ८८ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ९३ जना, आँखा सम्बन्धि चेकजाँच तथा उपचार गराउने २ सय ३८ जना रहेको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिए । जसमध्ये अप्रेसन गर्नुपर्ने ५० जना, २५ जनालाई चस्मा वितरण, सामान्य उपचार १ सय ६३ जनालाई गरिएको तिमिल्सिनाले बताए ।

शिविरमा क्षयरोगको शँका लागेका ३८ जनाको खकार परीक्षण गरीएको थियो । कुष्ठरोगको शँका लागेका ५६ जनाको परीक्षण गरीएको छ । क्षयरोग तथा कृष्ठरोग परीक्षणको विस्तृत विवरण ३ दिनपछी आउने सिनियर अहेव अधिकृत तिमल्सिनाले जानकारी दिए ।

गाँउपालिकाको विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन हुने छ । बैशाख १९ गते इन्द्रावती १ काे सिम्पालकाभ्रे स्वास्थ्य चाैकी र २० गते इन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा शिविर हुने गाउँपालिकाले जनाएकाे छ ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २२ गते इन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकी र २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय