BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

पाँचपाेखरी । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा नवनिर्मित प्रहरी कार्यालय भवनको उद्घाटन गरेका छन ।

वागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत विनियोजित दुई करोड ६६ लाख ७३ हजार ८९३ रुपैयाँ लागतमा साढे दुई रोपनी क्षेत्रफलमा प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि मन्त्री श्रेष्ठले समयमै नयाँ ऐन कानुन बनाउन नसक्दा प्रहरी समायोजनको प्रक्रिया टुङ्गिन नसकेको बताए । उनले २०१२ सालमा बनेको प्रहरी ऐनका कारण सोचेजस्तो कार्य प्रहरीले गर्न नसकेको समेत उनकाे भनाई थियाे ।

पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण कुमार तामाङ, गाउँपालिकाका अध्यक्ष टासी लामा, सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी झक्क प्रसाद आचार्य, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापा, सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्का, स्थानिय जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानिय तथा नागरीक समाज समेत गरी करिव २०० जनाको उपस्थितिमा रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय