BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

सिन्धुपाल्चाेक । नगरपालिकासंग समन्वय नगरी आफुखुसी बजेट बिनियाेजन गरेमा स्थानिय सरकारले प्रदेश र संघकाे याेजना कार्यान्वयन गर्न नदिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले चेतावनी दिएका छन ।

मेलम्ची नगरस्तरीय विपद व्यवस्थापन तथा जलवायु उत्थानशील समितिकाे वैठकमा मन्तव्य राख्दै नगर प्रमुख तामाङले आगामी आर्थिक बर्षदेखि मेलम्ची नगरपालिका संग समन्वय नगरी संघ र प्रदेश बाट बजेट विनियोजन भई आएका योजनालाई कार्यान्वयन गर्न नदिने बताएका हुन । नगर प्रमुख तामाङले नगरले पठाएका योजनामा बजेट नहाल्ने तर ब्यक्तिलाई तोकेर संघ र प्रदेशबाट आउने योजनाले समस्या भएको जानकारी दिए ।

आगामी बर्षदेखि नगरले पठाएका योजना बाहेक बजेट विनियोजन गर्ने, बजेट बिनियाेजन गरेका योजनाहरुका बारेमा समन्वय नगर्ने हो भने आगामी आर्थिक बर्षबाट त्यस्ता योजना कार्यान्वयन गर्न नदिने उनले चेतावनी दिएका हुन ।

दिगो विकासको अवधारणा बोकेर हिडेको नगरपालिकालाई त्यस्ता योजनाले समस्या दिने प्रमुख तामाङको भनाई छ । ‘कतै गर्नै पर्ने ठाउँमा गरेको छैन, कतै अहिले तत्काल गर्नु नपर्ने ठाउँमा काम गर्नको लागी बजेट आएको छ, यस्ले स्थानिय तहलाई काम गर्न निकै चुनौती खडा गरिरहेको छ’, प्रमुख तामाङले भने ।

प्रदेश सरकारले आफूसँग समन्वय नगरी केही विचौलीयाको माध्यमबाट जथाभावी आयोजना बाँडेको भन्दै स्थानीय सरकारका जनप्रतिनिधिहरू असन्तुष्ट देखिएका छन्। बजेट बिनियोजनमा आफूलाई सकस परेको प्रतिक्रिया दिन थालेका छन् । समन्वयको अभावमा स्थानीय जनप्रतिनिधि मात्रै होइन जनता समेत अन्यौल र आश्चर्यमा परेका छन् ।

‘तल हामी आफ्नो हिसाबले योजना निर्माण गरेर काम गरिरहेका हुन्छौँ, हामीभन्दा माथिल्ला  सरकारले पनि त्यही शीर्षकमा बजेट उही योजनामा पारेपछि  जनता पनि विभाजित हुने अवस्था आयो’, नगर प्रमुख आइतमान तामाङले भने ।

प्रदेश सरकार र स्थानीय तहबीच समन्वय नहुँदा विकास निर्माणमा समस्या भएको छ । प्रदेश सरकारको योजना छनोट र आयोजनाको विस्तृत अध्ययन गर्ने प्रक्रिया स्पष्ट नहुँदा योजना छनौट र सिफारिसमा विचौलीयाको सक्रियता बढेको छ । यसले गर्दा प्रभावकारी योजना छनोट हुन सकेका छैनन् भने राज्य कोषको पनि दुरूपयोग तथा दोहन भइरहेको छ । साथै स्थानीय सरकार र प्रदेश सरकारका बीच मतभेद देखा परेको छ ।

प्रदेशले हालेका योजना ब्यक्ती केन्द्रित रहेको भन्दै अन्य जनप्रतिनिधिहरुले समेत दुखेसो गरेका छन् । सिधैं माथिल्लो सरकार बाट बजेट ल्याउने र कार्यसम्पन्नको सिफारिस लिन आउने चलनले अहिले हैरानी ब्यहोर्न परेको वडा अध्यक्षहरूको गुनासो छ । नगरपालिकाको मापदण्ड, कानुनलाई लत्याउँदै क्षणिक प्रचारको लागी मात्र केन्द्रित भएर अहिले प्रदेस सरकार बाट बजेट आउने गरेको मेलम्ची ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले बताए ।

प्रदेश सरकारले स्थानीय सरकारले गर्न नसकेका विकासका कार्यलाई प्राथमिकता दिएर स्थानीय सरकारसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने भएपनि त्यसो नभएको मेलम्ची ९ का वडा अध्यक्ष किरणदिप खड्काले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय