BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । बन डढेलो लगाउनेको प्रमाण सहित जानकारी गराएमा हेलम्बु गाउँपालिकाले ५० हजार पुरस्कार दिने भएकाे छ । मंगलवार एक सूचना जारी गर्दै गाउँपालिकाले साे निर्णय गरेकाे हाे ।

पछिल्ला दिनहरुमा बन डढेल्लोको घटना बढिरहेका छन् । बन डढेलोका कारण निस्किएको धुवाँको त्वालोले अहिले आकाश ढाकेको छ । तर बनमा डढेलो लगाउने ब्यक्ति पहिचान गर्न नसक्दा दिन प्रतिदिन यस्ता घटनाहरुले प्रसय पाइरहेका छन् ।

त्यस्ता क्रियाकलापहरूबाट वन क्षेत्र लगायत मानव स्वास्थ्य तथा समग्र वातावरणमा नै नकारात्मक प्रभाव पर्ने भएकाले यस्ता घटनालाई नियन्त्रण गर्न सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले बन डढेलोमा संलग्न व्यक्तिको बारे स–प्रमाण जानकारी गाउँपालिकामा गराएमा सूचनादाताको नाम गोप्य राखी निजलाई ५० हजार पुरस्कार प्रदान गरिने गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनध्वज लामा द्धारा जारी सुचनामा उल्लेख छ ।

हेलम्बुबासी लगायत सम्बद्ध सबैमा वन क्षेत्रमा डढेलो लगाउने जस्ता कुनै पनि कार्य नगर्नु हुन समेत सूचना मार्फत आग्रह गरिएको छ । अन्यथा वन ऐन २०७६ को दफा ५० को उपदफा (४) लगायतका प्रचलित नियमानुसार कानुनी कारबाहि गरिने सुचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय