BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु । लोप हुन लागिसकेको चौंरीलाई सिन्धुपाल्चाेककाे हेलम्बु गाउँपालिकाले संरक्षणकाे काम थालेको छ । पछिल्ला समय चौंरी र याकको सङ्ख्या घटिरहेकोले त्यसलाई बढाउन उक्त गाउँपालिकाले विभिन्न कार्यक्रम ल्याई चौंरी र याक संरक्षणमा लाग्ने अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

हेलम्बुको माथिल्लो क्षेत्र मेलम्ची घ्याङ लगायतका स्थानमा चौंरी, याक हेर्न पाइन्छ । तर अहिले हेर्न पनि नपाउने अवस्था आउन लागेको भन्दै त्यस्तो समस्या साधनामा पालिका लागिरहेको सामाजिक सञ्जाल मार्फत शेर्पाले जानकारी दिए । चौरीका सङ्ख्यामा कमी आइरहेको, याक लोप हुन लागेको भन्दै उक्त पालिकाले ब्रिमु (याक) ल्याई माथिल्लो क्षेत्रमा प्रत्येक वर्ष छाडने् कार्य गर्न लागिएको बताइएकाे छ ।

याकको सङ्ख्या बढाउने र चौरीको संरक्षण गरेमा पर्यटकीय नगरी हेलम्बुमा अझै आन्तरिक र बाह्य पर्यटकको आगमन हुने शेर्पाको भनाइ छ । हेलम्बु ह्योल्मो समुदायको बसोबास क्षेत्र हो । गुम्बा नै गुम्बाको गाउँ भनेर हेलम्बुलाई चिनिन्छ । हेलम्बु प्राकृतिक र सांस्कृतिक हिसाबले महत्त्वपूर्ण र सौन्दर्यको धनी पालिका हो । त्यसमाथि हेलम्बुमा चौरी र याक पाइने क्षेत्र हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय