सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाको वडा नम्बर १ सिम्पालकाभ्रेमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा बुधवार शिविर सञ्चालन गरिएकाे गाउँपालिकाका सूचना प्रविधि अधिकृत सन्ताेष सापकाेटाले जानकारी दिए ।
गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, जर्मन नेपाल सहयोग संघ र बिकासकाे लागि एकता संस्थाकाे सहयोगमा ईन्द्रावती १ मा शिविर सञ्चालन गरिएकाे थियाे ।


शिविरमा सामान्य चेकजाँच गराउने २ सय ३८ जना, स्त्री तथा प्रसुति रोग जाँज गराउने ८१ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ९१ जना, आँखा सम्बन्धि चेकजाँच तथा उपचार गराउने १ सय ७७ जना रहेको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिए । जसमध्ये माेतियाबिन्दुकाे अप्रेसन गर्नुपर्ने २४ जना, ३० जनालाई चस्मा वितरण, सामान्य उपचार १ सय २३ जनालाई गरिएको तिमिल्सिनाले बताए ।

शिविरमा क्षयरोगको शँका लागेका ३८ जनाको खकार परीक्षण गरीएको थियो । ६६ जनाको भिडियाे एक्स रे गरीएको छ । क्षयरोग तथा कृष्ठरोग परीक्षणको विस्तृत विवरण ३ दिनपछी आउने सिनियर अहेव अधिकृत तिमल्सिनाले जानकारी दिए ।
गाउँपालिकाकी उपाध्यक्ष शाेभना तामाङकाे प्रमुख आतिथ्यता र वडा नं १ का अध्यक्ष चिनलाल तामाङकाे अध्यक्षतामा शिविर सम्पन्न गरिएकाे हाे ।
गाँउपालिकाको विभिन्न स्थानमा बृहत स्वास्थ्य शिविर सञ्चालन भइरहेकाे छ । बैशाख २० गते इन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा शिविर हुने गाउँपालिकाले जनाएकाे छ ।
त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २२ गते इन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकी र २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिए ।

