BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाको वडा नम्बर १० भाेटसिपामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएकाे थियाे ।

गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, जर्मन नेपाल सहयोग संघ र बिकासकाे लागि एकता संस्थाकाे सहयोगमा ईन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा शिविर सञ्चालन गरिएकाे थियाे ।

शिविरमा सामान्य चेकजाँच गराउने ३ सय १ जना, स्त्री तथा प्रसुती रोग जाँच गराउने १३४ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ११६ जना, आँखा सम्बन्धि चेकजाँच तथा उपचार गराउने २५१ जना रहेको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिए ।

जसमध्ये माेतियाबिन्दुकाे अप्रेसन गर्नुपर्ने २८ जना, ५० जनालाई चस्मा वितरण, सामान्य उपचार १ सय ७३ जनालाई गरिएको तिमिल्सिनाले बताए । शिविरमा क्षयरोगको शँका लागेका ३८ जनाको खकार परीक्षण गरीएको थियो ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यता र वडा नं १० का अध्यक्ष रामचन्द्र घिमिरेकाे अध्यक्षतामा शिविर सम्पन्न गरिएकाे हाे । कार्यक्रममा इन्द्रावती १० का वडा सदस्यहरू बलराम भट्टराई, हेमन तामाङ, गंगा बसेल पुर्कुटीकाे समेत उपस्थिति रहेकाे थियाे ।

कुञ्चाेक स्वास्थ्य चाैकी प्रमुख बिकास अधिकारी, बाडेगाउँ स्वास्थ्य चाैकी प्रमुख सिर्जना तामाङ, सिपापाेखरे स्वास्थ्य चाैकी प्रमुख प्रतिमा तामाङ र तुलसीडाँडा सामुदायिक स्वास्थ्य इकाइ प्रमुख अष्टलक्ष्मी तामाङले कार्यक्रममा सहयाेग गरेका थिए ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २२ गते इन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकी र २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय