BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । इन्द्रावती गाउँपालिकाले संघिय शिक्षा ऐन तथा नियमावली संग बाझीने गरि सामुदायिक विद्यालयका ‘प्रधानाध्यापक छनाैट प्रकृया’ अघि बढाएकाे भन्दै साे प्रकृया स्थगन गर्न नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाले अपिल गरेकाे छ ।

सम्मानित उच्च अदालतमा मुद्वा दायर भइसकेकाे र साे मुद्वा किनारा नभइसकेकाे अवस्था रहेकाे कांग्रेस द्वारा जारि गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ । शिक्षकहरूकाे पेशागत संगठन ‘नेपाल शिक्षक संघ’ले समेत प्रधानाध्यापक छनाैट प्रकृया स्थगन गर्न गाउँपालिकाकाे ध्यानाकर्षण गराएकाे छ ।

‘प्रधानाध्यापक छनाैट प्रकृया’ संघिय शिक्षा ऐन संग बाझिएकाे र साे बिषयकाे मुद्वा उच्च अदालतमा बिचाराधिन रहि मुद्वाकाे किनारा नलागी चालुमा अवस्थामा रहेकाले मुद्वाकाे नहुन्जेल तथा अदालत र शिक्षककाे पेशागत संगठन नेपाल शिक्षक संघ लगायतकाे माग अनुसार हाललाई उक्त प्रधानाध्यापक छनाैट प्रकृया स्थगनका निम्ति इन्द्रावती गाउँपालिका समक्ष नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमिति हार्दिक अपिल गर्दछ’, सभापती जीवन कुमार थापामगर द्वारा जारी गरिएकाे ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।

अदालतबाट मुद्वाकाे किनारा नलाग्दै छनाैट प्रकृया जवर्जस्ती गर्दा शैक्षिक वातावरण समेतमा असहजता हुने ध्यानाकर्षण पत्रमा भनिएकाे छ । २०८० जेठ २६ गते खुल्ला प्रतिस्पर्धा बाट प्रधानाध्यापक नियुक्ती गर्ने भन्दै गाउँपालिकाले सूचना प्रकासन गरेकाे थियाे तर आवस्यक संख्यामा आवेदन नपरेकाे भन्दै गाउँपालिकाले २०८१ बैशाख १८ गते पुन १५ दिने सूचना प्रकासन गरेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय