BREAKING
ईन्द्रावती १२ भिमटारमा टाटा सुमो दुर्घटना : २ जना घाईते | मेलम्ची ५ मा पहिराे : पुरिए पशुचाैपाया, १० लाख बराबरकाे क्षति | स्व ई. नेपालकाे सम्झनामा फाउण्डेसनको सामाजिक कार्य : ईन्जिनियरिङ अध्यापन देखि रक्तदानसम्म | सिन्धुपाल्चोकमा बाढी: तिपेनीको झोलुङ्गे पुल र बाह्रबिसेस्थित खाग्दल खोलाको बेलीबृज बगायो | मेलम्ची नगरपालिकाद्धारा एसईईमा ३.६ भन्दा बढि जिपिए ल्याउने ३२ विद्यार्थीलाई सम्मान | भोटेकोशीमा इलेक्ट्रिक हाइड्रोको ढलान भत्कियो, केही मजदुर घाइते | मेलम्चीमा जलसतहले पार गर्‍यो सतर्कतातह  | मेलम्ची नगरपालिकाकालाई पुर्ण खाेप सुनिश्चित नगरपालिका घाेषणा | ईन्द्रावतीमा फ्यानसेपको पालिका स्तरीय आयोजना समापन, हस्तान्तरण गरियो दस्तावेज | १३ जनालाई दिइयाे एक महिने कपाल काट्ने तालिम |

चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारामा रहेको चौतारा अस्पतालले फिजियोथेरापी सेवा सञ्चालनमा ल्याएको छ ।

२०७२ को विनासकारी भुकम्प पश्चात ह्याण्डीक्याप इन्टरनेशनलको सहयोगमा सञ्चालनमा रहेको सेवा केही समय अघि रोकिएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले जनशक्ति व्यवस्थपनको लागि आवश्यक सहयोग गर्ने भएपछि अस्पतालले फिजियोथेरापी सेवा पुनः सुचारु गर्न सफल भएको हो ।

शुक्रबार चौतारा अस्पतालमा एक कार्यक्रमको बिच चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन् । सो सेवाप्रदानको लागि अस्पतालले अञ्जना गुरुङलाई फिजियोथेरापी सहायकको रुपमा केहि दिनअघि मात्र नियुक्त गरेको छ ।

विशेष गरी फिजियोथेरापीबाट हड्डी खिइएको, नसा च्यापिएको, मा‌ंसपेशी दुख्ने, झमझमाउने, लुलो हुने, प्यारालाइसिस, जन्मदा नै असाधारण भएका बालबालिका, हातखुट्टा नचल्नेसम्बन्धी रोगको उपचार अस्पतालका हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. विजयकुमार साहले वताए । उनका अनुसार हाडजोर्नी, नशा तथा मांशपेशीका विरामीहरुलाई फिजीयोथेरापी प्रभावकारी हुनेछ ।

चौतारा अस्पतालले हाल बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरिएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई सहज रुपमा सेवा दिनको लागि सामाजिक सेवा एकाईको स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरसहित १३ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउँछन् ।

अस्पतालवाट सामान्य जाँच सेवा, मुख तथा दन्त सेवा , आकस्मिक सेवा , बिरामी भर्ना सेवा, निदानात्मक सेवा, प्रयोगशाला सेवा, एक्सरे सेवा, यू. एस. जी. सेवा, इ.सि.जी. सेवा, प्रसुति सेवा ,मातृशिसु स्वास्थ्य तथा परिवारनियोजन सेवा, २४ सै घण्टा अस्पताल फार्मेसी सेवा, खोप सेवा, सुरक्षित गर्भपतन सेवा, क्षय तथा कुष्ठ रोग उपचार सेवा, मेडिको लिगल सेवा, ज्क्ष्ख्रब्क्ष्म्क् त्भकतष्लन ऋयगलकभििष्लन, एम्बुलेन्स सेवा, सामाजिक सुरक्षा स्वास्थ्य बीमा कार्यक्रम, एकद्धार संकट व्यवस्थापन केन्द्र, सामाजिक सेवा ईकाइ, विशेषज्ञ चिकित्सकवाट मानसिक स्वास्थ्य सम्वन्धी विशेषज्ञ क्लिनिक, विशेषज्ञ चिकित्सकवाट अस्पतालमा नाक, कान, घाँटी, (भ्ल्त्) विशेषज्ञ सेवा संचालन, आकस्मिक प्रसुति शल्यक्रिया सेवा, सुरक्षित प्रसुति सेवा, लगाएका सेवाहरु उपलव्ध गराउदै आइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्रमणि भण्डारीले वताए ।

सरकारले उपलब्ध गराएको ९८ प्रकारका निःशुल्क औषधि कहिल्यै कमी हुन नदिने र एक हजारभन्दा बढी प्रकारका औषधी अस्पतालको फार्मेसीमा पाइने व्यवस्था मिलाइएको अस्पताल प्रशासनको भनाइ छ । अस्पताललाई सरकारले दिने बजेट नियमितभन्दा बढी छैन । अस्पताल टिमको मिहिनेतले १५ बेडको सरकारीस्तरमा चौतारा अस्पताल देशकै पहिलो बनेको छ । सरकारी मूल्यांकनमा गत वर्ष ८९ प्रतिशत ल्याएको यो अस्पतालले यस वर्ष ९२ प्रतिशत स्कोर हासिल गरेर देशकै पहिलो बनेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय