BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । ईन्द्रावती गाउँपालिका वडा नं १२ काे भिमटार स्वास्थ्य चाैकीमा क्षयराेग तथा कुस्ठराेग स्क्रीनिङ शिबिर गरिएकाे छ । शिविरमा सयाैँले सेवा लिएका छन ।

ईन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, फेयरमेड र महिला आत्मनिर्भरता केन्द्रकाे सहयोगमा ईन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकीमा क्षयराेग तथा कुस्ठराेग स्क्रीनिङ शिबिर सम्पन्न भएकाे छ ।

शिविरमा सामान्य चेकजाँच गराउने १ सय २२ जना, क्षयराेगकाे परीक्षणका लागि ७४ जनाकाे खकार संकलन गरीएकाे छ भने कुष्ठराेग परीक्षणका लागि ५७ जनाकाे नमुना संकलन गरीएकाे हाे भने कुल २ सय ७४ जनाले सेवा लिएकाे गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यता र स्वास्थ्य चौकी प्रमुख सरिता तिमल्सिनाकाे अध्यक्षतामा कार्यक्रम सम्पन्र भएकाे हाे ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय