BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिका कार्यसमितिले एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

इन्द्रावती गाउँपालिकाको वडा नं ११ स्थित एक सभाहलमा पालिका कार्यकर्ता स्तरिय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको काँग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सभापती जिवनकुमार थापामगरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी काँग्रेस पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले नेपालमा भएका सबै युगान्तकारी परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको उल्लेख गर्दै काँग्रेसले गरेका कामहरु जनतासामु लैजानु आम काँग्रेसी कार्यकर्ताको दायित्व भएको बताए ।

नेपाली काँग्रेसका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदी, इन्द्रावती गाउँपालिका पुर्व अध्यक्ष काँग्रेस महासमिति सदस्य बंशलाल तामाङ र नेपाल महिला संघ केन्द्रिय सदस्य एवं प्रचार प्रसार विभाग संयोजक मञ्जु नेपाल भण्डारीले उपस्थित नेता कार्यकर्तालाइ प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य भरत खड्का नेबिसंघ केन्द्रिय सदस्य राजकुमार भट्टराई लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय