BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । नेपाली काँग्रेस ईन्द्रावती गाउँपालिका कार्यसमितिले एकदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

इन्द्रावती गाउँपालिकाको वडा नं ११ स्थित एक सभाहलमा पालिका कार्यकर्ता स्तरिय प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरिएको काँग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सभापती जिवनकुमार थापामगरले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी काँग्रेस पुर्व केन्द्रिय सदस्य विष्णु विक्रम थापाले नेपालमा भएका सबै युगान्तकारी परिवर्तनको नेतृत्व काँग्रेसले नै गरेको उल्लेख गर्दै काँग्रेसले गरेका कामहरु जनतासामु लैजानु आम काँग्रेसी कार्यकर्ताको दायित्व भएको बताए ।

नेपाली काँग्रेसका युवा नेता एवं गण्डकी प्रदेशसभा सदस्य डिल्लिराम सुवेदी, इन्द्रावती गाउँपालिका पुर्व अध्यक्ष काँग्रेस महासमिति सदस्य बंशलाल तामाङ र नेपाल महिला संघ केन्द्रिय सदस्य एवं प्रचार प्रसार विभाग संयोजक मञ्जु नेपाल भण्डारीले उपस्थित नेता कार्यकर्तालाइ प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा काँग्रेस महासमिति सदस्य भरत खड्का नेबिसंघ केन्द्रिय सदस्य राजकुमार भट्टराई लगायत नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय