BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । ईन्द्रावती ४ मा हस्तकला सामाग्री बनाउने तालिम सम्पन्न भएकाे छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेड्पा)को आर्थिक सहयोग र ईन्द्रावती गाउँपालिकाकाे आयाेजनामा वडा नं ४ मा तालिम गरिएकाे हाे ।

१ महिने सीप विकास तालिममा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकलाका सामग्रीहरु बनाउन सिकाइएकाे वडा नं ४ का सचिव मदन कुमार भट्टराईले जानकारी दिए । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं ४ का वडा अध्यक्ष लगायत वडा सदस्यहरुकाे उपस्थिती रहेको थियो ।

२०८० चैत्र २६ गते सुरु भएको तालिम २०८१ बैशाख २५ गते समापन भएको हाे । तालिममा सक्रियतापुर्वक सहभागी भई सीप आर्जन गरेका उद्यमशील महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।

समापन कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाले उद्यमशील महिलाहरुलाई लक्षित गरेर यस्ता किसिमका थुप्रै तालिमहरु सन्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए । समुदायको तर्फबाट तालिममा सहभागीहरुको सक्रियता भएमा यसलाई दिगो आम्दानीसँग जोडेर समुन्नती हाँसिल गर्न सकिने उनकाे भनाई छ ।

उत्पादित हस्तकलाका सामाग्रीहरुको उचित मुल्य सहितको बजारीकरणको लागि गाउँपालिकाले जिम्मा लिने बताउँदै नेपालले यसको लागि तालिम सन्चालन गर्ने संस्था पनि सकारात्मक रहेको बताएका छन ।

कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले महिलाहरूले यो तालिम हासिल गरेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको लागि शुभकामना दिइन ।

त्यस्तै तालिम समापन सत्रका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले मकैको खोस्टा प्रयोग गरि सुन्दर हस्तकलाका सामाग्रीहरु उत्पादन गर्न सकिने बताए । कच्चा पदार्थ सजिलै उपलब्ध हुने र कलात्मक देखिने हुँदा यसबाट थोरै लागतमा पनि व्यवसाय सञ्चालन गर्न सजिलो हुने तामाङकाे भनाई छ । यसको स्थायित्वका लागि वडा कार्यालय तथा गाउँपालिका सदैव प्रतिबद्ध हुने तामाङले जानकारी दिए ।

तालिमका क्रममा तयारी गरिएका ह्याट र ह्यान्ड ब्यागको प्रदर्शन गरिएको र सहभागीहरुले तयार गरेका सामाग्रीहरु उपहार स्वरुप वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय