BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोकको वनदेउ चौतारा सडक खण्डस्थित जल्केनी मोडमा विपरीत दिशाबाट आइरहेको मोटरसाइकल र टिपर एकआपसमा भेट भई माेटरसाईकल पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

वनदेउबाट चौतारातर्फ आउदै गरेको प्रदेश ३–०२–००६ प. ९५३९नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–००६ ख. २७१६ नं. को टिपर भेट हुँदा माेटरसाईकल अनियन्त्रित भएकाे हाे ।

प्रहरीकाअनुसार मृत्यु हुनेमा चौतारा साँगाचोकगढी न.पा. ७ की ईन्दिरा अधिकारी रहेकी छिन् । उनी मोटरसाइकलको पछाडि सवार थिइन् । मोटरसाइकल उनका श्रीमान् सन्तोष दुलालले चलाएका थिए ।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सन्तोष घाइते छन् ।

टिपर चालक चौतारा साँगाचोक गढी न.पा. ११ का मनोहरी गिरी प्रहरीको नियन्त्रणमा छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय