चाैतारा । नेपाल बिद्यार्थी संघ सिन्धुपाल्चोकले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बिभिन्न मागहरु सहित ज्ञापनपत्र बुझाएको छ । सहकारी बचतकर्ताको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगोरूपमा समाधान गर्न र सहकारीको रकम दुरूपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानविनको दायरामा ल्याइ कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ ।
सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरूलाई कानुनको दायरमा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्नुपर्ने, विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एंव संशोधन सहित विद्यालय शिक्षा विधेयक –२०८० तत्काल लागू गर्नुपर्ने लगायतका माग नेविसंघको रहेको नेविसंघ जिल्ला कार्यासमिति सिन्धुपाल्चोकका अध्यक्ष पवन घोरासैनीले जानकारी दिए ।
उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय बनाउन समेत नेविसंघले माग गरेको छ ।
नेपाल विद्यार्थी संघ नेपालको समग्र शैक्षिक अवस्थाको उन्नयन सँगै जनजीविकाको सवालमा समेत अहाेरात्र क्रियाशिल रहेको नेपाल विद्यार्थी संघ इन्द्रावति बहुमुखि क्याम्पसका अध्यक्ष सरोज बस्नेतले बताए ।
विधिको शासन, दण्डहिनताको अन्त्य र कानुनले निर्दिष्ट गरे बमोजिम आम नेपाली जनताले उपभोग गर्न पाउनुपर्ने अधिकार समेत वर्तमान सरकारले कुन्ठित गरेको भन्दै ज्ञापनपत्र मार्फत नेविसंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अध्यक्ष पवन घोरासैनी, जिल्ला सचिव दिपेश खनाल, नेपाल विद्यार्थी संघ इन्द्रावति बहुमुखि क्याम्पसका अध्यक्ष सरोज बस्नेत, चौतारा बहुमुखी क्याम्पस स्ववियु उपाध्यक्ष निर्मल श्रेष्ठ, जिल्ला सदस्य सन्तोष कार्कि, नेबिसंघका नेता अनिल दुलाल लगायतका बिद्यार्थि नेताहरुको उपस्थितिमा ज्ञापनपत्र बुझाइएको हो ।
यस्ता छन ने.वि.संघका मागहरू :
१. सहकारी बचतकर्ताको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगोरूपमा समाधान गर्न र सहकारीको रकम दुरूपयोग गरी अपचलन गर्ने सहकारी ठगहरूलाई छानविनको दायरामा ल्याइ कानुनी कारबाही गर्न माग गर्दछौं ।
२. सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरूलाई कानुनको दायरमा ल्याउन तत्काल निपष्क्ष संसदीय छानविन समिति गठन गर्न माग गर्दछौँ ।
३. विद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन सहित विद्यालय शिक्षा विधेयक –२०८० तत्काल लागू गर्न माग गर्दछौँ ।
४. उच्च शिक्षामा अध्ययन तथा अनुसन्धान गर्ने अवसर उपलब्ध गराई प्रतिस्पर्धाको आधारमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गरी देशको शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई अझ बढी गुणस्तरीय , मर्यादित र उपलब्धिमुलक बनाउन र विश्वविद्यालय तथा उच्च शिक्षण संस्थाको स्थापना , सञ्चालन , नियमन र व्यवस्थापन सम्बन्धि कार्यलाई सहजीकरण र व्यवस्थित गर्नको लागि विश्वविद्यालय छाता ऐन सम्बन्धि विधेयक तत्काल प्रतिनिधि सभामा प्रस्तुत गर्न माग गर्दछाैँ ।
नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुरुप जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएकाे हाे ।