BREAKING
शिक्षा सुधारको नयाँ योजना : मेलम्ची–१० ले गर्‍यो अंग्रेजी माध्यम लागू गर्ने ऐतिहासिक निर्णय | मेलम्चीमा ‘एक जिल्ला, एक स्वस्थ शहर’ सम्बन्धी अभिमुखिकरण | पाँचपोखरी थाङपालमा शिक्षक लक्षित तालिम सम्पन्न | पाँचपोखरी थाङपालमा वित्तीय संघीयता र प्राकृतिक स्रोत व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न | सिन्धुपाल्चाेकमा 'एक जिल्ला एक स्वस्थ शहर'सम्बन्धि अभिमुखीकरण कार्यक्रम | मोबाइल डाटा सेवाप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष शेर्पाद्वारा ध्यानाकर्षण | धुलिखेल धाउनुपर्ने बाध्यता अन्त्य, हेलम्बुबाटै कर सेवा | जनताको आशा र विश्वास कायम राख्न रास्वपा उपसभापति अर्यालको आग्रह | यी ६ प्रकारका परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न |  (माओवादी)का समीर श्रेष्ठ युगिनको घरदैलो अभियान तीव्र, मतदातासँग प्रत्यक्ष संवाद |

हेलम्बु । सिन्धुपाल्चोकको गोसाइँकुण्ड मार्ग सडकको आज शिलान्यास गरिएको छ । हेलम्बु गाँउपालिकाको चनौटे थापाटार इचोक कुटुमसाङ खण्ड अन्तर्गत गोसाइँकुण्ड मार्गको बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलाल शरदले एक कार्यक्रमका बिच शिलान्यास गरेका हुन ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दुलालले निर्माण व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने जिम्मा स्थानीयको भएकाले आवश्यक सहयोगको लागी आग्रह गरे । मन्त्री दुलालले हेलम्बुमा सडक विकासको प्रारम्भ भएकाले अब विकासको कामले गति लिने बताएका छन ।

प्रदेशले मेलम्ची ग्याल्थुम, किउल तिम्बु हुँदै मेलम्ची घ्याङ सडकलाई प्रदेशले गुरु योजनाको रुपमा अगाडी बढाएको भन्दै अहिले तत्कालै मेलम्ची खानेपानीले हेर्ने भएकाले बजेट बिनियाेजन गरेर काम गर्न कानुनी जटिलता भएपनि विभिन्न निकायलाई भनेर सडक पक्की गर्ने कुरामा प्रदेश सरकार सकारात्मक रहेको जानकारी दिए ।

मन्त्री दुलालले मेलम्ची खोलालाई दीर्घकालीन रुपमा कसरी व्यवस्थीत गर्ने र यहाँकाे धनसम्पत्तिको कसरी संरक्षण गर्ने भन्ने बारेमा योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा हेलम्बु ७ का अध्यक्ष निलबहादुर खड्काले योजना ल्याउन सहयोग गर्ने मन्त्री दुलाल लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिँदै आवश्यक सहयोगको लागी सधै साथमा रहेको उद्घाेष गरे । हेलम्बु ६ का वडा अध्यक्ष सन्चबहादुर तामाङले विकासको लागी बागमती प्रदेशका मन्त्री युवराज दुलालले गरेका प्रयास र ल्याएका योजनालाई स्वागत र धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमालेका नेता हस्त पण्डितले यो गौरवको आयोजना भएकाले सफल बनाउनका लागी सबै एकजुट भएर लाग्न पर्ने बताएका छन । हेलम्बुको समस्याको बारेमा अबगत गराउँदै नेता पण्डितले सडक संजाल लगायत आवश्यक काम गर्न आग्रह गरे ।

पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख भरतकुमार यादवले सांढे १० किलोमीटर सडक पक्की गर्ने जानकारी दिए । उनले ५०० मिटर ढलान गर्नुपर्ने रहेको बताए । गर्नुपर्ने कामको बारेमा जानकारी दिँदै उनले १५ करोड ८६ लाखमा ठेक्का सम्झौता भएको जानकारी गराए । गौरी गणेश – एस.आर. वि. जे.भीले निर्माण पाएको कामको २०८३ वैशाख १६ गतेभित्र सम्पन्न गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय