BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । मेलम्ची खानेपानी आयोजनालाई मेलम्चीको पानी निरन्तर लैजान आग्रह गरिएको छ । मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै सुरुङमा प्रवेश गराइएको पानी बर्षायाममा पनि निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन अपिल गरेको हो ।

समाजसेवी तथा नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका सभापती राजकुमार भण्डारीकाे अगुवाइमा बैठकबसी साे विज्ञप्ती जारी गरिएकाे थियाे । तटिय क्षेत्रका नागरिक वर्षायाम र त्यसले उत्पन्न हुने जोखिमको त्रासदीमा बाँच्न बाध्य भएको बताउँदै, केहि बर्ष देखि हिउँदयाम सुरु भएसँगै पानी काठमाडौं प्रवेश गराउने र मनसुन शुरु भएपछि तटीय क्षेत्रको जोखिमलाई ख्याल नगरी पानी पुनः नदीमै फर्काउने गर्नाले त्यस क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले यसो नगर्न सुझाएको हो । यदि यस कुराको बेवास्था गरी जवर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा समेत पानी नपठाउने चेतावनी उनिहरुले दिएका छन् ।

“सुरुङ प्रवेश गराइएको पानी यस बर्षको बर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाडीपीडित संघर्ष समिति, यस क्षेत्रमा कृयाशील राजनैतिक दलका तर्फबाट बिनम्रतापुर्वक संयुक्त अपिल गर्दछौं, हाम्रो आग्रह, अनुरोध र अपिललाइ कमजोरी ठान्दै जवर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा स्थानीय संघर्ष समिति, राजनैतिक दलले लामो समयदेखी उठाउँदै आएका मागहरुको सम्बोधन नगरी पुनः पानी पथान्तरण गर्न असम्भव हुने व्योहोरा यसै बिज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं ।” मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अध्यक्ष पासाङ लामा, सचिव छिरिङ ग्याल्बु लामा लगायत स्थानीय राजनीतिक दलहरुद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।

साथै काकाकुल काठमाडौको प्यास मेटाउने यस क्षेत्रको समस्यामा राज्य संबेदनशिल नभएको प्रति गम्भिर चिन्ता पैदा भएको बिज्ञप्तिमा उल्लेख छ । साथै माग पूरा नगरी पानी पथान्तरण गर्न असम्भव हुने नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका सभापती राजकुमार भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय