BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदिमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ्) को प्राविधिक सहयोगमा हेलम्बु गाउँपालिकाको किउल र ग्याल्थुम तथा मेलम्ची नगरपालिकाको तालामाराङ र सिन्धुखोला नजिकै इन्द्रावती नदिमा नमुना कृत्रिम घटना अभ्यास देखाइएको हो ।

USAID (यु यस एड), अस्ट्रेलियन एड, प्राक्टिकल एक्सन, राइम्स, रेडक्रस सोसाइटि,नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी,राइम्सको प्राविधिक सहयोगमा बाढीकोे कृत्रिम घटना अभ्यास देखाइएको हो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने स्रोतसाधन र जनशक्तिको व्यवस्थापन तथा विपद्को काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिए । विपत् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने उनको भनाइ थियो ।

नदीमा बाढीले बगाएकाको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृत्रिम नमुना अभ्यास गरिएको हाे । बाढीले बगाएको अवस्थामा तत्काल गरिने खबर, प्रारम्भिक चरणमा गरिने खोज उद्धार, घाइतेलाई अस्पताल पु¥याउनुअघि गर्न सकिने प्राथमिक उपचार र अस्पतालसम्म पु¥याउन गरिने सहयोगजस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ्)का परियोजना संयोजक तथा विपद् फोकल पर्सन इच्छाराम सापकोटाले बताए ।

सेना, प्रहरी र सरोकारवाला निकायसँगै विपद्बाट प्रभावितहरुलाई समेत घटना अभ्यासमा सहभागि गराइएको थियाे । यसअघि (सिडिइसिएफ्), प्राक्टिकल एक्सन लगायतका संस्थाले स्थानिय तहसँगको समन्वयमा बाढी, पहिरो र प्राथमिक उपचार कार्यदल निमार्ण गरेको र त्यहिँ कार्यदलसागै समुदायलाई पुर्नताजगी र सचेतनाको लागि यस्तो अभ्यास गरिएको सापकोटाकाे भनाई छ ।

नमुना अभ्यासले विपत् प्रतिकार्यका सन्दर्भमा प्रत्येक वडाहरूमा तालिमप्राप्त जनशक्ति तयार गर्नुपर्ने हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए । नमुना अभ्यासका क्रममा एक्कासी बाढी आएको मेलम्ची खोलाले एकजना ब्यक्तिलाई बगाएर ल्याउँछ र बचाउँ बचाउँ भनेको आवाज सुनेपछि रेडक्रसका प्रतिनिधि, विपद कार्यदलका सदस्यहरु, सुरक्षाकर्मीको टोली घटनास्थल पुग्छन र उद्धारमा खटिन्छन् । उद्धारपछि प्राथमिक उपचार लगत्तै एम्बुलेन्स मार्फत अस्पताल पुर्याइन्छ ।

बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पु¥याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै उद्धारको कृत्रिम घटना अभ्यास देखाएकोे हो । जसमा स्थानियतहका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरोकारवालाहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय