BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदिमा बाढी र पहिरोको कृत्रिम घटना अभ्यास गरिएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको आयोजना र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ्) को प्राविधिक सहयोगमा हेलम्बु गाउँपालिकाको किउल र ग्याल्थुम तथा मेलम्ची नगरपालिकाको तालामाराङ र सिन्धुखोला नजिकै इन्द्रावती नदिमा नमुना कृत्रिम घटना अभ्यास देखाइएको हो ।

USAID (यु यस एड), अस्ट्रेलियन एड, प्राक्टिकल एक्सन, राइम्स, रेडक्रस सोसाइटि,नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी,राइम्सको प्राविधिक सहयोगमा बाढीकोे कृत्रिम घटना अभ्यास देखाइएको हो । विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन, खोज तथा उद्धारमा प्रयोग हुने स्रोतसाधन र जनशक्तिको व्यवस्थापन तथा विपद्को काम गर्ने सबै सरोकारवालासँगको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको प्राक्टिकल एक्सनका परियोजना अधिकृत मिनेश गुरुङले जानकारी दिए । विपत् प्रतिकार्यका लागि यस्तो अभ्यास निकै प्रभावकारी हुने उनको भनाइ थियो ।

नदीमा बाढीले बगाएकाको खोजी तथा उद्धारका साथै प्राथमिक उपचारमा समेत के–कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा कृत्रिम नमुना अभ्यास गरिएको हाे । बाढीले बगाएको अवस्थामा तत्काल गरिने खबर, प्रारम्भिक चरणमा गरिने खोज उद्धार, घाइतेलाई अस्पताल पु¥याउनुअघि गर्न सकिने प्राथमिक उपचार र अस्पतालसम्म पु¥याउन गरिने सहयोगजस्ता विषयलाई लक्षित गरी नमुना अभ्यास गरिएको सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च (सिडिइसिएफ्)का परियोजना संयोजक तथा विपद् फोकल पर्सन इच्छाराम सापकोटाले बताए ।

सेना, प्रहरी र सरोकारवाला निकायसँगै विपद्बाट प्रभावितहरुलाई समेत घटना अभ्यासमा सहभागि गराइएको थियाे । यसअघि (सिडिइसिएफ्), प्राक्टिकल एक्सन लगायतका संस्थाले स्थानिय तहसँगको समन्वयमा बाढी, पहिरो र प्राथमिक उपचार कार्यदल निमार्ण गरेको र त्यहिँ कार्यदलसागै समुदायलाई पुर्नताजगी र सचेतनाको लागि यस्तो अभ्यास गरिएको सापकोटाकाे भनाई छ ।

नमुना अभ्यासले विपत् प्रतिकार्यका सन्दर्भमा प्रत्येक वडाहरूमा तालिमप्राप्त जनशक्ति तयार गर्नुपर्ने हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पाले बताए । नमुना अभ्यासका क्रममा एक्कासी बाढी आएको मेलम्ची खोलाले एकजना ब्यक्तिलाई बगाएर ल्याउँछ र बचाउँ बचाउँ भनेको आवाज सुनेपछि रेडक्रसका प्रतिनिधि, विपद कार्यदलका सदस्यहरु, सुरक्षाकर्मीको टोली घटनास्थल पुग्छन र उद्धारमा खटिन्छन् । उद्धारपछि प्राथमिक उपचार लगत्तै एम्बुलेन्स मार्फत अस्पताल पुर्याइन्छ ।

बर्खाको समयमा बाढीपहिरोले जनधनको क्षति पु¥याउन सक्ने अवस्थालाई मध्यनजर गर्दै उद्धारको कृत्रिम घटना अभ्यास देखाएकोे हो । जसमा स्थानियतहका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरोकारवालाहरु, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय