BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेककाे ईन्द्रावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

ईन्द्रावती गाउँपालिकाकाे गाउँसभाकाे छैठाैँ अधिवेशनमा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समृद्ध ईन्द्रावती निर्माणका लागि विभिन्न याेजनाहरू अघि सारेका हुन ।

ईन्द्रावती चक्रपथ निर्माण कार्यको सम्भाव्यता अध्ययन गरी सम्भाव्य रुट यकिन भई संघिय सरकार, प्रदेश सरकार छिमेकी पालिकाहरुसँग आवश्यक समन्वय गरि निर्माण कार्यलाइ निरन्तरता दिइने नीति गाउँपालिकाले अघि सारेकाे छ ।

आवश्यक भएका स्थानहरुमा झोलुङ्गे पुलहरुको निर्माण कार्यलाई तिब्रता दिइने, वडा नं १ का अझैसम्म बिद्युतीय सेवाबाट बञ्चित परिवारमा बिद्युतीय सेवा पुर्याइने गाउँपालिकाले जनाएकाे छ ।

मुख्य सडकका दायाँ बायाँ वृक्षारोपण गरिने, गाउँपालिका भित्रका मुख्य सडकका चोक र बजार क्षेत्रमा बिधुत एवं वैकल्पिक उर्जा मार्फत “उज्यालो सडक” कार्यक्रम तर्जुमा एंव कार्यन्वयन गरिने, ईन्द्रावती बृहत खानेपानी आयोजनाको कामलाई यसै अार्थीक बर्षमा पुरा गरिने नीति कार्यक्रममा समावेश छ ।

गाउँपालिकाले बैदेशिक रोजगारीवाट फर्किएका रोजगार विहिन भएका २० देखि ४० वर्ष उमेर समुहका युवाहरुलाई कृषि व्यवसायमा आर्कषित गराई उत्पादनमुलक कार्यको लागि प्रोत्साहनको व्यवस्था मिलाइने जनाएकाे छ ।

सम्भाव्यताका आधारमा पालिकाका १२ वटै वडाहरुलाई कृषि तथा पशुपालन पकेट क्षेत्रको रुपमा घोषणा गरी सो अनुसारका कार्यक्रम लागु गरिने र गाउँपालिकामा कम्तीमा एक नमुना कृषि फर्म सञ्चालन गर्न यसै वर्षबाट कार्य प्रारम्भ गरी नमुना कृषि पाठशालाको रुपमा विकास गरिने नीति कार्यक्रममा उल्लेख छ ।

कृषि याेजना अन्तर्गत ईन्द्रावती गाउँपालिकालाई फलफुलमा आत्मनिर्भर बनाउन यस वर्ष १५ हजार रोपनाीमा फलफुल खेती शुरु गरिने तथा वडा नं १, २, ३ र ४ लाइ लप्सी, पकेट क्षेत्र घोषणा गरि लप्सीजन्य उद्योग स्थापना मार्फत स्वरोजगारमा बृद्धि गरिने जनाइएकाे छ ।

शैक्षिक क्षेत्रमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था मिलाई सबै प्रकारका पाठ्यपुस्तक निशुल्क उपलब्ध गराइने तथा प्रत्येक सामुदायिक विद्यालयमा कम्तिमा ४÷४ महिनामा एक पटक अनिवार्य शिक्षक बिद्यार्थी अबिभावक समन्वय बैठक गरि शैक्षिक समस्याहरु समाधान गर्न यसै वर्षबाट शुरुवात गरिने नीति कार्यक्रममा समावेश गरिएकाे छ ।

गाउंपालिकालाई पुर्णखोप सुनिस्चत गाउंपालिकाको रुपमा कायम गरिने तथा माझी र दनुवार समुदायमा रहेको वाल विवाह न्यूनिकरण गर्न २० वर्ष सम्म विवाह नगरेका र +२ पास गरेका यूवतिहरुलाई वार्षिक प्रोत्साहन स्वरुप रकम दिन चेलि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने नीति कार्यक्रममा समावेश छ ।

जेष्ठ नागरिकहरुको जीवनयापनलाई सहज र सम्मानित एवम् मर्यादित बनाउन वडा नं. ५ को गोल्माथानमा जेष्ठ नागरिक आश्रम सञ्चालन संगै कल्याणकारी कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिए ।

गाउँसभा बाट विभिन्न विद्येयकहरू पारित

शाेमवार बसेको गाउँसभाकाे छैठाैँ अधिवेशनमा सभाध्यक्ष तथा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालद्वारा कार्यसूचीमा राखिएका विभिन्न विद्येयकहरू पारित भएका छन ।

सभामा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्य द्वारा प्रस्तुत आर्थिक बर्ष २०८१/८२ काे नीति तथा कार्यक्रम पारित भएकाे छ । गाउँपालिका उपाध्यक्ष शाेभना तामाङ द्वारा प्रस्तुत आर्थिक विधेयक २०८१, विनियाेजन विधेयक २०८१, आर्थिक बर्ष २०८१/८२ काे बजेट सर्वसहमतीले पारित भएकाे हाे ।

त्यस्तै न्यायीक समिति सदस्य क्षेत्र तामाङ द्वारा प्रस्तुत न्यायिक समीतिकाे ८०/८१ काे बार्षिक प्रतिवेदन, सामाजिक बिकास समिति संयाेजक रविन्द्र कुमार खाती द्वारा प्रस्तुत राजश्व परामर्श समितिकाे प्रतिवेदन २०८०/०८१ सर्वसम्मतीले पारित भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय