BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

पाँचपोखरी थाङपाल गाउँपालिकाको पन्ध्रौं गाउँसभाबाट आगामी आर्थिक बर्ष २०८१–०८२ को निति तथा कार्यक्रम सर्बसहमतिले पारित भएको छ । अध्यक्ष टासी लामाद्वारा प्रस्तुत आगामि आ.व. ०८१ ÷०८२ को नीति कार्यक्रम प्रस्तुत, नीति कार्यक्रम सर्वसम्मत पारित भएको हो ।

नीति तथा कार्यक्रममा पर्यटन , लोकल रक्सीलाई ब्राण्डिङ गरिने यसको उत्पादन र बिक्रि वितरणमा प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । आायातित सिल प्याक मदिरामा प्रतिबन्ध लगाईने, स्थानिय रैथाने ज्ञान शिपमा आधारित प्रविधीको प्रबर्धन, कृषि उत्पादकत्व बढाउने, प्लाष्टिक रहित पालिका बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै महिला स्वंसेवीकाहरुको लागि थप रु ५०० रकम थप गरिने लामाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै हरेक पर्यटकिय तथा धार्मिक स्थलमा क्युआर राखी त्यस सम्बन्धि जानकारी गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । त्यस्तै पालिका प्रवक्ता नारायण भट्टराईले आर्थिक ऐन, बिनियोजन ऐन र बजेट बक्तब्य प्रस्तुत गरे ।

आगामी आर्थिक बर्षको लागि प्रस्तुत बजेट उपर छलफल गरि असार २६ गते बुधबार बजेट परित गर्दै सभा सम्पन्न हुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय