BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

हेलम्बु गाँउपालिकाले आगामि आवका लागि ५३ करोड ७४ लाख ७६ हजारको बजेट प्रस्तुत गरेको छ । आजको गाँउसभामा उपाध्यक्ष अप्सरा लामिछानेले उक्त बजेट सभामा प्रस्तुत गरिन ।

हेलम्बु गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सरकारी कार्यालयमा प्लास्टिकका बोतल र झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। आर्थिक वर्ष ०८१÷८२ का लागि गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो ।

गाउँपालिका, सबै शाखा, स्वास्थ्य संस्था र  सरकारी विद्यालयले उक्त नियम पालना गर्नुपर्नेछ। प्लास्टिकका बोतल र झोलाको सट्टा तामा र पित्तलका अम्खोरा, फिल्टर र गिलास प्रयोग गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

त्यसैगरी, नीति तथा कार्यक्रममा हेलम्बुका प्रत्येक नागरिकले पाँच लाखसम्मको स्वास्थ्योपचार पाउने उल्लेख छ। त्यसका लागि पालिकावासीबाट वार्षिक रकम संकलन गर्ने र सरकारको तर्फबाट पनि विनियोजन गरेर कोष स्थापना गरिने बताइएको छ।

यसअघि पनि हेलम्बुले दीर्घरोगीलाई निःशुल्क औषधि प्रदान गरेको थियो । प्लस टु पास गरेर हेलम्बुस्थित मेलम्ची भ्याली क्याम्पस ग्याल्थुममा अध्ययन गर्ने विद्यार्थीले गाउँपालिकाबाट इन्टर्नसिप पाउने घोषणा गरिएको छ । इन्टर्नसिपका लागि विद्यार्थीले पालिकामा रहेका प्राथमिक विद्यालयमा शिक्षण गर्नेछन् । ५२ करोड बजेट घोषणा गरेको हेलम्बुले सबै विद्यालयमा किचेन गार्डेन अवधारणा लागू गर्ने नीति लिएको छ।

बजेटमा हरेक वडा कार्यालयका योजनालाई ४० लाखका दरले, चालुतर्फ ८ करोड ९१ लख, शिक्षामा  ४ करोड ८६ लाख ५ हजार त्यस्तै स्वास्थ्यमा २ करोड ७२ लाख बिनियोजन गरिएको प्रमुख प्रसाशकिय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिए । पशुमा ५३ लाख ५० हजार, कुषिमा १ करोड १० लाख बिनियोजन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय