BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा तितेपातीबाट तेल उत्पादन सुरु भएको छ। इन्द्रावती गाउँपालिकाको लघु उद्यम विकास कार्यक्रमअन्तर्गत तितेपातीबाट तेल उत्पादन सुरु भएको वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले जानकारी दिए।

वडाध्यक्ष आचार्यले यस्ता क्रियाकलापले स्थानीयको आयआर्जनमा वृद्धि हुने लक्ष्य राखिएको बताए। ‘खेर जाने तितेपातीबाट तेल बनेको छ, अब पालिकाको खेर गएको जमिनमा तितेपाती खेती गर्न प्रोत्साहन गरिनेछ’, उनले भने । पालिकाले स्थानीयलाई मेसिननद्वारा तेल बनाउन ५ दिने तालिमसमेत दिएको छ।

तितेपातीबाट उत्पादित वनस्पति तेल बहुउपयोगी रहेको र अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर १२ हजारभन्दा माथि बिक्री वितरण गर्ने सकिने कार्यक्रम सहजकर्ता बुद्धिरत्न डंगोलले बताए। तितेपातीको गुणस्तर हेरेर ६० रुपैयाँदेखि ८० रुपैयाँसम्म प्रति किलो मूल्य रहेको उनले बताए।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय जडिबुटी र उत्पादनमा जोड दिएर रोजगारीको सिर्जना गर्न पालिका तत्पर रहेको बताए।

तितेपातीको तेल मुटु तथा कलेजोका लागि सबैभन्दा राम्रो औषधी भएको तेल उत्पादन गर्दै आएका उत्तम बज्रचार्य बताउँछन्। जिउको दुखाइ हटाउने, काखी गन्हाउने समस्याको समाधान, दाँत दुखेको निको, रुघाखोकीलगायत छालासम्बन्धी समस्या समाधान हुने बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय