BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ भोटेनाम्लाङलाई कागती, सुन्तला र ओखरको विरुवा सहयोग गरिएको छ ।

हेलम्बु एग्रो फर्म रिसर्च सेण्टरले उपलब्ध गराएको ४ हजार वटा विरुवा आज वडा अध्यक्ष सुके तामाङलाई हस्तान्तरण गरेकाे हाे । नेपाली काङ्ग्रेस निकट तरुण दलका सिन्धुपाल्चोक ख का सभापति फुर्पा लामा र तरुण दल जिल्ला सदस्य गोपाल नेपालीको पहलमा रिसर्च सेण्टरले उपलब्ध गराएको विरुवा वडा इकाइ सभापति शुदर्शन खाती, सचीव अमिर योन्जन, दिपक गिरी लगायतको उपस्थितिमा विरुवा वितरण तथा वृक्षरोपण गरिएको तरुण दल सिन्धुपाल्चोकका सदस्य गोपाल नेपालीले जानकारी दिए ।

विरुवा ग्रहण गर्दै वडा अध्यक्ष तामाङले धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय