BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

मेलम्ची । गएरातीको बर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चाेककाे मेलम्ची भोताङ सडकखण्ड सुचारु भएको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा मकैबारी खण्डमा आएको पहीरो हटाई सडक सुचारु भएको हो ।

मेलम्ची -तिपेनी -भोताङ सडक अन्तर्गत खाल्डेखोला नजिकै गएको पहिरोले अबरुद्ध सडक खुलेको हाे । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको नेतृत्वमा पुगेको टोलिले नगरको स्काभेटरको सहयोगमा २ घण्टा पछि सडक सुचारु गरिएको हो ।

सो सडकखण्ड सुचारु नहुंदा पाँचपोखरी थाङ्पाल गाँउपालिकाका नागरीकहरुलाई आवतजावतमा समस्या भएको थियो । सो सडकखण्ड हरेक बर्ष बर्षायामको समयमा विभिन्न ठाँउमा अवरुद्ध हुने गरेको छ ।

आफु निर्वाचित नगरपालिकाका सबै सडकहरु बर्षभरी नै सञ्चालनमा ल्याउने कुरामा लागिरहेको नगर प्रमुख आइतमान तामाङले बताए । आफ्नो पालिका मात्र नभई अन्य पालिकाका नागरीकले प्रयोग गर्ने सडकलाई पनि प्राथमिकतामा राखी काम गरीरहेको बताउँदै प्रमुख तामाङले बर्षायाममा ग्रामिण भेगका सडकहरु बन्द हुने भएकाले नगरपालिका तयारी अवस्थामा रही काम गरीरहेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय