BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । गएरातीको बर्षाका कारण अवरुद्ध भएको सिन्धुपाल्चाेककाे मेलम्ची भोताङ सडकखण्ड सुचारु भएको छ । मेलम्ची नगर प्रमुख आइतमान तामाङको नेतृत्वमा मकैबारी खण्डमा आएको पहीरो हटाई सडक सुचारु भएको हो ।

मेलम्ची -तिपेनी -भोताङ सडक अन्तर्गत खाल्डेखोला नजिकै गएको पहिरोले अबरुद्ध सडक खुलेको हाे । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको नेतृत्वमा पुगेको टोलिले नगरको स्काभेटरको सहयोगमा २ घण्टा पछि सडक सुचारु गरिएको हो ।

सो सडकखण्ड सुचारु नहुंदा पाँचपोखरी थाङ्पाल गाँउपालिकाका नागरीकहरुलाई आवतजावतमा समस्या भएको थियो । सो सडकखण्ड हरेक बर्ष बर्षायामको समयमा विभिन्न ठाँउमा अवरुद्ध हुने गरेको छ ।

आफु निर्वाचित नगरपालिकाका सबै सडकहरु बर्षभरी नै सञ्चालनमा ल्याउने कुरामा लागिरहेको नगर प्रमुख आइतमान तामाङले बताए । आफ्नो पालिका मात्र नभई अन्य पालिकाका नागरीकले प्रयोग गर्ने सडकलाई पनि प्राथमिकतामा राखी काम गरीरहेको बताउँदै प्रमुख तामाङले बर्षायाममा ग्रामिण भेगका सडकहरु बन्द हुने भएकाले नगरपालिका तयारी अवस्थामा रही काम गरीरहेको उहाँले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय