BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

मेलम्ची नगरपालिका १२ बाहुनीपाटीमा सञ्चालित कपाल काट्ने तालिमको समापन गरिएको छ ।

“सीप सिकाै स्वराेजगार बनाै”भन्ने उद्देश्यले सञ्चालित कपाल काट्ने तालिम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानकाे प्रमुख आतिथ्यतामा, वडा न.१२ का वडा अध्यक्ष गणेश बहादुर तामाङ, महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे हो ।

तालिम मेलम्ची नगरपालिकाकाे आर्थिक सहयाेग, कृ हेयर स्टुडियो मेलम्ची नगरपालिका वडा न. १२ काे आयाेजना मा जेठ १५ गते देखि एक महिना सम्म सञ्चालन भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै उपप्रमुख उमा प्रधानले युवाहरू बैदेशिक राेजगारीमा जानू पर्ने  बाध्यतालाई राेक्न र आर्थिक रूपमा युवालाई अब्बल बनाउन याे तालिम सञ्चालन गरिएकाे बताइन । याे तालिमबाट  युवाहरू आर्थिक रूपमा आफै अब्बल बन्ने कुरामा विश्वस्त रहेकाे उनकाे भनाई छ ।

त्यस्तै कार्यक्रममा बाेल्दै वडा नं.१२ का वडा अध्यक्ष गणेश तामाङले स्थानीयहरूकाे पैसा स्थानीय स्तरमा नै रहने गरि काम गर्न सहभागीलाई अनुराेध गरे । आयाेजक कृ हेयर स्टुडियोका सञ्चालक श्यामनाथ ढकालले १३ जनाले तालिम प्राप्त गरेकाे र तालिम प्राप्त व्यक्तिलाई न्युनतम कपाल काट्ने सामाग्री वितरण गरेकाे जानकारी दिए ।

समापन कार्यक्रम सञ्चालन मेलम्ची नगरपालिका महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाका शाखा प्रमुख राजेन्द्र दुलालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय