BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची नगरपालिका १२ बाहुनीपाटीमा सञ्चालित कपाल काट्ने तालिमको समापन गरिएको छ ।

“सीप सिकाै स्वराेजगार बनाै”भन्ने उद्देश्यले सञ्चालित कपाल काट्ने तालिम मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानकाे प्रमुख आतिथ्यतामा, वडा न.१२ का वडा अध्यक्ष गणेश बहादुर तामाङ, महिला बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राजेन्द्र दुलाल लगायतकाे उपस्थितिमा सम्पन्न भएकाे हो ।

तालिम मेलम्ची नगरपालिकाकाे आर्थिक सहयाेग, कृ हेयर स्टुडियो मेलम्ची नगरपालिका वडा न. १२ काे आयाेजना मा जेठ १५ गते देखि एक महिना सम्म सञ्चालन भएकाे थियाे ।

कार्यक्रममा बाेल्दै उपप्रमुख उमा प्रधानले युवाहरू बैदेशिक राेजगारीमा जानू पर्ने  बाध्यतालाई राेक्न र आर्थिक रूपमा युवालाई अब्बल बनाउन याे तालिम सञ्चालन गरिएकाे बताइन । याे तालिमबाट  युवाहरू आर्थिक रूपमा आफै अब्बल बन्ने कुरामा विश्वस्त रहेकाे उनकाे भनाई छ ।

त्यस्तै कार्यक्रममा बाेल्दै वडा नं.१२ का वडा अध्यक्ष गणेश तामाङले स्थानीयहरूकाे पैसा स्थानीय स्तरमा नै रहने गरि काम गर्न सहभागीलाई अनुराेध गरे । आयाेजक कृ हेयर स्टुडियोका सञ्चालक श्यामनाथ ढकालले १३ जनाले तालिम प्राप्त गरेकाे र तालिम प्राप्त व्यक्तिलाई न्युनतम कपाल काट्ने सामाग्री वितरण गरेकाे जानकारी दिए ।

समापन कार्यक्रम सञ्चालन मेलम्ची नगरपालिका महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाका शाखा प्रमुख राजेन्द्र दुलालले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय