BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चोक  । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप)को ईन्द्रावती गाउँपालिका स्तरीय आयोजना समापन भएको छ । बहु सरोकारवाला सम्वाद मंच (MSDP) को बैठक बसी पालिकालाई आयोजनाका दस्तावेजहरु समेत हस्तान्तरण गरिएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई, चौतारा सिन्धुपाल्चोकको पाँच बर्षे आयोजना समापन भएको हो । आर्थीक वर्ष २०७५/७६ देखि २०८०/८१ सम्म ईन्द्रावती गाउँपालिकामा फ्यानसेपले कृषि, पशुपालन र पोषणको क्षेत्रमा कार्यक्रम गरेको थियो ।

आज आइतवार एक कार्यक्रमको आयोजना गरि फ्यानसेपले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल मार्फत गाउँपालिकालाई जिन्सी सामाग्रीको विवरण, प्राविधिक दस्तावेज र प्रविधिहरु, आयोजनाको लाभग्राही प्रोफाइल, पाठशाला सहजकर्ताको प्रोफाइल, आयोजनाले तयार पारेका जनशक्तिको विवरण र हालसम्म सञ्चालित कार्यक्रमको विवरण हस्तान्तरण गरेको हो । २०८१ असार मसान्तमा आयोजना समापन हुँदैछ ।

गाउँपालिका स्तरीय आयोजना समापन समारोहमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई, चौतारा सिन्धुपाल्चोकका प्रमुख बरिष्ठ कृषि अधिकृत राजेश कुमार के.सीले आयोजनाको प्रगती विवरण र हाल सम्म गरेका मुख्य गतिविधि बारे जानकारी दिएका थिए । आयोजनाले व्यवसायीक योजनाका पाठशालाहरू सञ्चालन गरेको, पशुपालन सम्बन्धीत प्रदर्शन कार्यक्रम, कृषकहरुलाई स्थलगत तालिम, पशुपालन सम्बन्धी तालिम, कृषक पाठशाला, नेपालकै पहिलो पोषण पाठशाला सञ्चालन जस्ता कार्यक्रम गरेको जानकारी दिए । ईन्द्रावतीमा आयोजना सञ्चालन गर्दाका सिकाइ र भोगाइ समेत के. सी ले प्रस्तुत गरे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले ईन्द्रावतीका जनताको जिवनस्तर माथी उठाउन फ्यानसेपले धेरै महत्वपुर्ण भुमिका खेलेको बताए । आयोजनाको लगावले गाउँपालिकालाई धेरै ठुलो राहत पुगेको नेपालको भनाई छ । आयोजना लागु भएका गाउँबस्तीमा गएर किसानहरूको कुरा सुन्ने अवसर पाइएको बताउँदै अध्यक्ष नेपालले सकारात्मक प्रतिकृया आएको जानकारी दिए ।

ईन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले आयोजनाले सुरूवाती चरणमा गरेको कार्यक्रम बाट पालिकाले महत्वपुर्ण सिकाई हासिल गरेको बताए । “हाम्रो कृषि, पशुपन्छी शाखा तथा इन्द्रावतीको पोषण क्षेत्रमा धेरै सहयोग गर्नुभएको छ”, उनले भने । आफु आयोजना सुरू गर्दा लिसङ्खुपाखरमा भएतापनि समापन गर्दा ईन्द्रावती आइपुगेकोमा खुसी व्यक्त गरे । “सुरू गर्दा कृषि तथा पशुपन्छी को क्षेत्रमा छलाङ मार्ने गरि यो कार्यक्रम आयो”, दुलालले भने “यो कार्यक्रमले जनशक्ति ब्यबस्थापन लगायत प्रविधिको क्षेत्रमा किसानलाई सहयोग गरेको छ । हामीले यसको मर्म कति पूरा गर्न सकेउँ, तर यसले धेरै राम्रो सहयोग गर्याे” ।

साथै खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, आयोजना क्लस्टर इकाई, चौतारा सिन्धुपाल्चोकले ईन्द्रावती गाउँपालिकालाई सम्मान गरेको । आयोजना सञ्चालन अवधिभर सहयोग र समन्वय गरेकोमा गाउँपालिकालाई सम्मानपत्र द्धारा सम्मान गरिएको बरिष्ठ कृषि अधिकृत राजेश कुमार के.सीले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले पनि आयोजना क्लस्टर ईकाइ चौतारा सिन्धुपाल्चोकलाई मायाको चिनो दिए । ५ बर्ष सम्म गाउँपालिकामा रहेर काम गरेकोमा मायाको चिनो प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताए । आयोजनाले सिन्धुपाल्चोक र दोलखाका चार वटा पालिकामा ७५ करोड भन्दा धेरै बजेटको कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय