BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । भोटेकोसी नदीले सतर्कता तह पार गरेको छ । सिन्धुपालचोकस्थित भोटेकोसी नदी, बाह्रविसे जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

इन्द्रावती यांग्री नदीमा पनि बाढी आएको छ । जल मापन केन्द्रमा जलसतह बढ्दो क्रममा रहेको र थप बढ्नसक्ने सम्भावना रहेको विभागले बताएको छ । तल्लो नदी तटीय क्षेत्रमा रहनेहरूलाई बिहान ८ बजेसम्म उच्च सावधानी अपनाउन विभागले सचेत गराएको छ ।

पाँचपाेखरी थाङपाल गाउँपालिकाकाे चिन्डे जतन झोलुङ्गे पुल इन्द्रावती नदिमा आएकाे बाढिले बगाएको छ । लार्के खोलामा गए राती आएको बाढीले मेलम्ची भोताङ सडक ठाँउ-ठाँउमा बगाएको छ । तटिय क्षेत्रको खेती योग्य जमिन बगाएको छ । चिनियापुल, माझीरुम्टी, तीपेनी, खस्रेबलुवा र खाल्डेखोला जस्ता बस्ती बजार पूर्ण जोखिममा रहेको छ भने तीपेनीको ड्याम र अस्पताल जोखिममा रहेकाे बताइएकाे छ ।

अरनिको राजमार्ग अर्थात बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोला मा रहेको बेलिबृज बाढिले बगाएको छ । अरनिको राजमार्ग ठप्प हुँदा आवतजावतमा कठिनाइ भएकाे छ ।

त्यस्तै मेलम्चीमा नव निर्मित बसपार्क, खेलमैदान र निर्माणाधिन कभर्डहल उच्च जोखिममा रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय