BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

काठमाण्डौ । बिनोद नेपाल स्मृति फाउण्डेसनले ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराएको छ । फाउण्डेशनले २०८०/८१ को बार्षिक प्रगति प्रतिवेदन मार्फत सो कुराको जानकारी दिएको हो ।

स्व बिनोद नेपालको स्मृतिमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ स्थीत श्री ईन्द्रेश्वरी माध्यमिक विद्यालयमा इन्जिनियरिङ्ग अध्ययन गर्ने ५ जना छात्रछात्रालाई विधिपुर्वक छनौट गरि विद्यालयमा आयोजित एक कार्यक्रमका बिच छात्रवृत्ति प्रदान गरिएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।

छात्रवृत्ति प्राप्त गर्नेमा कक्षा ९ मा अध्ययन गर्ने २ जना, १० मा १ जना र कक्षा ११ मा २ जना छन । अन्तर्वार्ता र विभिन्न मुल्याङ्कन विधि बाट छनौँट भएका जेहेन्दार विद्यार्थीहरूलाई फाउण्डेसनले कक्षा ९ देखि १२ सम्म पढाईमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने छ ।

यस संस्था बिनोद नेपालको स्मृतिमा स्थापना भएकाले नेपालको जन्मजयन्तीमा बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ । फाउण्डेशनले २०८० फाल्गुण १४ गते कागेश्वरी मनोहरा नगरपालिका ९ काठमाण्डौ स्थीत श्री सिर्जनशिल बाल सेवा परिसरका अनाथ बालबालिकाको खाना तथा कपडाको लागी नगद रु ५० हजार सहयोग प्रदान गरेको थियो ।

साथै फाउण्डेशनले बार्षिक रुपमा रक्तदान कार्यक्रम समेत आयोजना गर्दै आएको फाउण्डेशनका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिए । आर्थिक बर्ष ८०/८१ मा फाउण्डेशनले एक कार्यक्रमको आयोजना गरि संस्थाका प्रमुख सल्लाहकार गगन कुमार थापाको प्रमुख आतिथ्यतामा २०८१ असार ८ गते रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

काठमाण्डौको कपनमा भएको रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेका प्रतिवेदनमा उल्लेख छ । रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरेकाे फाउण्डेशनले जनाएकाे छ ।

२०७७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा संस्था दर्ता गरिएको थियो । संस्थाको २०७७ सालमा सांसद गगन कुमार थापाले उद्धाटन गरेका थिए । संस्थामा ९ जनाको कार्यसमिति रहेको छ भने ९७ जना आजिवन सदस्य रहेको अध्यक्ष नेपालले जानकारी दिए ।

समाजसेवी गंगादत्त नेपालको छोरा बिनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा २०७६ सालमा कार दुर्घटनामा परि निधन भएको थियो । उनको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

अमेरिकामा पढ्न गएको ३ महिनामा बिनोदकाे निधन भएकाे थियाे । ईन्जिनियरिङकाे उच्च अध्ययन गरेर देशको भविष्य सुधार्ने योजनाका साथ अध्ययन गर्न गएका विनोदको सपना पूरा नभएको र त्यो सपना पूरा गर्नको लागि फाउण्डेसनले काम गरिरहेको अध्यक्ष नेपालकाे भनाई छ । विद्यार्थीको भविष्य उज्ज्वल बनाउनको लागि छात्रवृत्ति दिलाइएको उनले बताए ।

फाउण्डेसनको उद्देश्यको बारेमा बताउँदै फाउण्डेसनका अध्यक्ष डा. गंगादत्त नेपालले भने, “धेरै इन्जिनियर उत्पादन होउन भनेर हामीले यो कार्यक्रम ल्याएका हौँ ” । कक्षा १२ पढेपछि एउटा जागिर प्राप्त गर्न सकुन् भनेर यो कार्यक्रम शुरु गरिएको उनको भनाई छ ।

गत आर्थिक बर्षहरूमा मेलम्ची ६ तालामाराङमा रहेको ग्याता गुम्वा तथा श्री गौखुरेश्वर महादेव मन्दिर निर्माणमा समेत फाउन्डेसनले सहयोग गरेको थियो । गाैखुरेश्वर महादेव मन्दिरलाई १ लाख ५१ हजार सहयाेग प्रदान गरेकाे थियाे । बृद्धाश्रममा फलफुल बांड्नेदेखि स्थापनको केहि समयमा नै श्री इनर भिजन नेपालमा रहेका अनाथ बालबालिकाहरुको लागि सहयोग प्रदान गरेको थियो ।

हेर्नुहाेस संस्थाकाे बार्षिक प्रगती प्रतिवेदन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय