सिन्धुपाल्चाेक । ईन्द्रावती बृहत् खानेपानीकाे एजेण्डा आफ्नाे कार्यकालकाे गुरु याेजना भएकाे ईन्द्रावती १ का वडा अध्यक्ष श्री लामाले बताएका छन ।
सिम्पालकाभ्रे युवा क्लबकाे आयाेजनामा ईन्द्रावती गाउँपालिका वडा नं १ सिम्पालकाभ्रे स्थित सिम्पाल देविथान परिसरमा भएकाे बृहत् साँस्कृतिक मेला(जात्रा) २०८१ मा शुभकामना मन्तव्य राख्दै लामाले ईन्द्रावती बृहत् खानेपानीकाे एजेण्डा आफ्नाे कार्यकालकाे एजेण्डा रहेकाे र त्यसकाे शुरूवात निवर्तमान गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले गरेकाे जानकारी दिए ।

बृहत् खानेपानीकाे निर्माण गर्दा ईन्द्रावती १ मा आएका समस्याहरू वडा अध्यक्षले मिलाउनुपर्ने लामाले धारणा राखे । ‘यहाँकाे झगडा यहाँकै वडा अध्यक्षले मिलाउनुपर्छ’, उनले भने ‘बृहत् खानेपानी चाँडैनै नागरिककाे घर घरमा पुग्नुपर्छ’ ।
सिम्पालकाभ्रे बनाउन सबै पार्टीकाे एउटै एजेण्डा हुनुपर्नेमा जाेड दिँदै लामाले कुनै एक पार्टीकाे एजेण्डाले मात्र बिकास सम्भव नहुने बताए । सिम्पालकाभ्रेमा एक घर एक धारा, पक्की सडक लगायत वडामा गुम्बा बनाउने प्रस्ताव समेत आफुले राखेकाे बताए । ‘अहिले बिकास भएकाे छ कि मेराे कार्यकालमा बिकास भएकाे थियाे जनताले छर्लङ्ग हुनेगरी बुझेका छन’, लामाले भने ।
