BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । नेपाली कांग्रेस बागमती प्रदेश संसदिय दलका सचिव तथा प्रदेश सांसद कृष्ण कुमार तामाङ र सिन्धुपाल्चाेक निर्वाचन क्षेत्र नं २ का सभापती तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफुहरू बिच कुनै गुट उपगुट नभई एक ढिक्का रहेकाे बताएका छन ।

सिन्धुपाल्चाेककाे मेलम्चीमा शनिवार भएकाे नेपाल भुतपुर्व सैनिक संघ क्षेत्र नं २ काे प्रथम क्षेत्रिय अधिवेशनकाे क्रममा शुभकामना मन्तब्य राख्दै मेयर तामाङले आफुहरू बिच कुनै गुट उपगुट नभएकाे जानकारी दिए । ‘गुट उपगुट एक दिन चुनावकाे दिन मात्र हुने हाे, भाेलिपल्ट बाट सकियाे’, उनले भने । ‘पालिकाकाे चुनावमा समिरजीले मलाई सहयाेग गर्नुभयाे, मैले संघ र प्रदेशमा पनि कमान्डर भएर चुनाव जित्न भुमिका खेलेँ’, मेयर तामाङले भने ।

प्रदेश सांसद तामाङकाे प्रशंसा गर्दै मयर तामाङले भने ‘प्रदेशले राम्राे बजेट बिनियाेजन गरेकाे कारण साे ठाउँमा हामीले थाेरै बजेट बिनियाेजन गर्न परेकाे छ’ । प्रदेश बाट धेरै बजेट भित्राउन सफल भएकाेमा मेयर तामाङले प्रदेश सांसदलाई धन्यवाद दिए ।

यता बागमती प्रदेश सांसद कृष्ण कुमार तामाङले आफुलाई पार्टीमा कुनै गुट उपगुट भएकाे जस्ताे नलागेकाे बताएका छन । ‘याे संगठनमा गुट छ जस्ताे मलाई लाग्दैन, हामी एक ढिक्का छाैँ । ‘नेपाली कांग्रेसकाे महाधिवेशनकाे बेलामा लाेकतन्त्रलाई बलियाे बनाउन एक अर्का बिच लडेका हाैँ’, उनले भने। ‘म बाट गुट हुँदैन मामा, तपाईकाे सहि निर्णयमा मेराे साथ सधै छ’, उनले थपे । सिन्धुपाल्चाेकमा कांग्रेस सधै एक नम्बरकाे बनाउनकाे लागि गुट बनाएर नहुने उनले धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय