BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । हाम्रो टिम मेलम्चीको अध्यक्षमा पुनः आशिष श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन । आज मेलम्चीमा भएको प्रथम साधारणसभा बाट आशिष श्रेष्ठको अध्यक्षतामा समिति चयन गरेको समितीका सदस्य अनिल दुलालले जानकारी दिए ।

साधारणसभालाई सम्बोधन गर्दै वडा नम्बर ११ का अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि चन्द्रबहादुर तामाङले क्लबले सामाजिक क्षेत्रमा गरेको कामको प्रशंसा गरे । क्लबले मेलम्ची बजारको सौन्दर्य बढाउन सरसफाइ, रंगीचंगी बनाउनुका साथै झिलिमिलि मेलम्ची बनाउन क्लबले महत्त्वपूर्ण भुमिका खेलेको तामाङले जानकारी दिए । क्लबले खेलकुद, सामाजिक तथा आर्थिक क्षेत्रमा समेत काम गरर्दै आएकाे छ ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि सिपि दुलालले क्लबलाई सधैं साथ र समर्थन रहने उद्घाेस गरे । उनले मेलम्ची बजारलाई ब्यबस्थित, आकर्षक र सुन्दर बनाउन आगामी दिनम क्लब संग मिलेर काम गर्ने बताए ।

आज भएको अधिवेशन बाट उपाध्यक्षमा सागर श्रेष्ठ, सचीव रिजन श्रेष्ठ, सहसचिबमा निश्चल श्रेष्ठ र कोषाध्यक्षमा अविशा चालीसे निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा अनिल दुलाल, रिना श्रेष्ठ, अर्विन श्रेष्ठ, बिजय श्रेष्ठ, निर्जल श्रेष्ठ र करिना श्रेष्ठ निर्वाचित भएको क्लबले जनाएको छ ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले आगामी दिनमा पनि सबै सरोकारवालाहरु संग सहकार्य गर्दै सामाजिक तथा खेलकुदको क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय