BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले हेलम्बु बर्तमान नेपालको चित्र रहेको उल्लेख गरेका छन । पहिले पढ्ने बेला हेलम्बुका बारेमा गित, कविता, आख्यान मार्फत पढ्ने गरेको स्मरण गर्दै कुलपति राईले सम्पुर्ण संस्कृतिकर्मिहरु, भाषाभाषीहरु, मिश्रित रुपमा स्वतन्त्र हिसाबले एक आपसमा हातेमालो गर्दै बसेका कारण साच्चै हेलम्बु नमुना रहेको उनले बताए ।

विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले प्रज्ञा प्रतिष्ठानलाई गाउँ गाउँमा जोड्नका लागी, बस्ती बस्तीमा जोड्नका लागी र स्कुल स्कुलमा पुर्याउनका लागी आफुले काम गरिरहेको जानकारी दिए । झापाको एउटा शिक्षकले २५ बर्षमा पहिलो पटक कुलपति देखेको भनेर भनेको प्रसङ्ग स्मरण गर्दै प्रतिष्ठाको विगत देखी धिक्कार लागेको उनले बताए ।

भाषा, संस्कृति, सांस्कृतिक रहनसहनका बारेमा अब स्कुल स्कुलमा पुगेर अध्ययन गर्दै प्रतिष्ठानको काम र कर्तव्यका बारेमा जानकारी गराउने उदेश्यले अहिले विद्यालयमा कुलपति कार्यक्रम गरिरहेको उनको भनाई थियो । विद्यार्थीले पढ्ने किताब लेख्ने व्यक्ती चिनिन र चिनाउनका लागी अहिले विद्यालयमा पुग्ने गरेको राईले प्रष्ट पारे ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा, संस्कृति र स्वास्थ्यमा गरेको लगानी र चासोलाई उनले सम्मान व्यक्त गरे । राईले वास्तविक विकास भनेकै दिमागको विकास हुनु रहेको भन्दै कविता लेख्ने व्यक्ति असल संस्कार र संस्कृतिले भरिपुर्ण हुने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय