BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बु गाउँपालिकाले लगानी बढाएकाे बताएका छन । शिक्षा र स्वास्थ्य नि:शुल्क भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानी बढाइरहेको शेर्पाले जानकारी दिए ।

विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष शेर्पाले काठमाडौ लगायत अन्यत्र लगेर आफ्ना बालबालिका पढाउन कठिनाइ हुने भएकाले हेलम्बुमा नि:शुल्क शिक्षा र कम आय भएकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन औषधी लगायत उपचारमा सहयोग गरिरहेको बताएका छन ।

शेर्पाले कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत टोलि हेलम्बु आउनु खुशिको कुरा भएको बताएका छन । ठुला ठुला कबिहरु हेलम्बु आएको स्मरण गर्दै शेर्पाले हेलम्बु साहित्यकारहरुका लागि राम्रो ठाउँ भएको सुनाए । अध्यक्ष शेर्पाले पढाइ संगै संस्कृति, रितिरिवाज र अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्नेमा जोड दिए ।

आन्तरिक स्रोतबाट नि:शुल्क १२ सम्म अध्ययन, नि:शुल्क दिवा खाजा, नि:शुल्क बिज्ञान, होटल मेनेज्मेन्ट लगायत पढाइरहेको बताउदै शेर्पाले अन्य बिषय पनि थप्दै जाने बताएका छन । स्नातक तह सम्म नि:शुल्क अध्यापन गराउन आफु लागिएको शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय