BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा हेलम्बु गाउँपालिकाले लगानी बढाएकाे बताएका छन । शिक्षा र स्वास्थ्य नि:शुल्क भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानी बढाइरहेको शेर्पाले जानकारी दिए ।

विद्यालयमा कुलपति कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष शेर्पाले काठमाडौ लगायत अन्यत्र लगेर आफ्ना बालबालिका पढाउन कठिनाइ हुने भएकाले हेलम्बुमा नि:शुल्क शिक्षा र कम आय भएकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन औषधी लगायत उपचारमा सहयोग गरिरहेको बताएका छन ।

शेर्पाले कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत टोलि हेलम्बु आउनु खुशिको कुरा भएको बताएका छन । ठुला ठुला कबिहरु हेलम्बु आएको स्मरण गर्दै शेर्पाले हेलम्बु साहित्यकारहरुका लागि राम्रो ठाउँ भएको सुनाए । अध्यक्ष शेर्पाले पढाइ संगै संस्कृति, रितिरिवाज र अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्नेमा जोड दिए ।

आन्तरिक स्रोतबाट नि:शुल्क १२ सम्म अध्ययन, नि:शुल्क दिवा खाजा, नि:शुल्क बिज्ञान, होटल मेनेज्मेन्ट लगायत पढाइरहेको बताउदै शेर्पाले अन्य बिषय पनि थप्दै जाने बताएका छन । स्नातक तह सम्म नि:शुल्क अध्यापन गराउन आफु लागिएको शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय