BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुकाेट । श्री सिन्धुपुरानागाउँ माध्यामिक विद्यालय मेलम्ची नगरपालिका वडा नम्बर ५ सिन्धुकोटको हीरक महोत्सव तथा ६९ औँ अभिभावक सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी एवम् मेलम्ची नगरपालिकाकाका प्रमुख आइतमान तामाङले कार्यक्रमको उद्घाटन गर्दै ७५ औँ जन्म जयन्ती ( हीरक महोत्सव ) मनाउँदै गर्दा नेपाल सरकारको उच्च पदमा पुग्न सफल यस विद्यालयका पुर्व विद्यार्थी हरुलाई सम्मान गर्न पाउँदा आफुलाई खुशी लागेको बताए । उनले नगरपालिका भित्र शिक्षामा कसरी परिवर्तन गर्न सकिन्छ भनेर १३ वटै वडा भित्रका प्रधानाध्यापक हरुसँग अन्तर्क्रिया गरि सुझाब संकलन गरेको जानकारी दिए । तामाङले भने “कुनै विद्यालयमा बिज्ञ भनेर नियुक्ती समेत गरेका छाैँ” ।

तामाङले नगरपालिकाको शिक्षा समितिले पठनपाठनको बिषयमा अनुगमनलाई तिब्रता दिँदै अनुगमनको क्रममा भेटिएका कमि कमजोरी लाई समाधान गर्दै गएको बताए । नगर पालिका भित्रका केही विद्यालयहरुमा दिवा खाजा, शिक्षक नियुक्ती लगाएतका गुनासो आइरहेकाले यसलाई छिटै ब्यबस्थापन उनले प्रतिवद्वता ब्यक्त गरे । विद्यालयमा आवश्यक खेल मैदान, विद्यालयका भवन स्तरोन्नति लगाएतका बिषयमा नगरपालिका सँधै साथमा रहेको तामाङकाे भनाई छ ।

 

कार्यक्रमका विषेश अतिथी एवम् मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सिन्धुपुरानागाउँ माविका पुर्व विद्यार्थी हरु धेरै संघ संस्थाको उच्च पदमा कार्यरत रहनु एउटा गर्व गर्ने क्षण रहेको बताईन । विद्यार्थी हरुलाई पढाउने मात्र भन्दा पनि अन्य क्रियाकलापमा पनि ध्यान दिनु पर्नेमा जोड दिइन ।

नगरपालिकाले विद्यालयमा स्काउट, खेलकुद शिक्षक र नृत्य शिक्षकको नियुक्ती गर्ने प्रधानकाे भनाई छ । विद्यालयलाई उचाईमा पुर्याउन शिक्षक, विद्यार्थी लगाएतको महत्त्वपूर्ण भुमिका हुने भन्दै सबैमा हातेमालो गर्न उनले आग्रह गरिन ।

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु रायमाझी, मेलम्ची नगरपालिकाका निवर्तमान उप प्रमुख भगवती नेपाल नेपाल, नेपाल प्रहरीका बरिस्ठ उपरीक्षक ( एस एस पि ) एवम् विद्यालयका पुर्व विद्यार्थी धुर्ब राउत, जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कृष्णप्रसाद सुवेदी  लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगती प्रतिवेदन विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले प्रस्तुत गरेका थिए भने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजेन्द्र रायमाझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । हीरक महाेत्सव मुल समाराेह समितिका अध्यक्ष निवर्तमान विव्यस अध्यक्ष केशव पाैडेल रहेका थिए ।

कार्यक्रममा विद्यालयका पुर्व विद्यार्थी, चन्दादाता र हाल स्वास्थ्य तर्फ, निजामती तर्फ र पत्रकारिता तर्फ योगदान पुर्याउने पुर्व विद्यार्थी हरुलाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय, स्थानिय तथा विद्यार्थी कलाकारहरुको साँस्कृतिक प्रस्तुती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय