BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

सिन्धुपाल्चाेक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)लाई ईन्द्रावती गाउँपालिकामा स्वागत गरिएकाे छ । ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल, कर्मचारी लगायतले मुख्यमन्त्री लामालाई फुलमाला सहित स्वागत गरेका हुन ।

मेलम्ची नगरपालिकाद्वारा मेलम्ची ९ गुफाडाँडामा आयाेजित जलवायु सम्मेलनमा प्रमुख अतिथिकाे रूपमा उपस्थित मुख्यमन्त्री लामालाई ईन्द्रावतीका अध्यक्ष लगायतले गाउँपालिकामा स्वागतकाे लागि निमन्त्रणा गरेका थिए ।

गाउँपालिकामा मुख्यमन्त्रीलाई स्वागत गर्दै अध्यक्ष झम्क नेपालले संक्षिप्तमा ईन्द्रावतीकाे परिचय गराए । “नाैलिङ देखि भिमटार सम्मकाे भुभाग देशकै भुगाेलसंग मेल खान्छ”, नेपालले भने । ईन्द्रावती प्राकृतिक सम्पदाले धनी भएकाे र यहाँ पर्यटनकाे सम्भावना रहेकाे जानकारी दिए । प्रकृतिक बिपत्तीले ईन्द्रावतीलाई प्रताडित गरेकाे भन्दै ईन्द्रावतीलाई विशेष रूपमा हेर्न लामालाई नेपालले आग्रह गरे । नेपालले ज्यामिरेमाने नवलपुर सडककाे छाचाेकमा सडक भासिएकाले बस्तीनै जाेखिममा परेकाे भन्दै मुख्यमन्त्री मार्फत प्रदेशलाई ध्यानाकर्षण गराए ।

साे अवसरमा मुख्यमन्त्री बहादुरसिंह लामाले ईन्द्रावतीकाे भवन देख्दा खुसी लागेकाे बताए । “भवनले गाउँ गाउँमा सिंह दरवार भन्ने झझल्काे दियाे”, उनले भने । प्रदेशले पहाडकाे सडकलाई प्राथमिकता दिएकाे भन्दै लामाले सडककाे आयु कम्तीमा ३० बर्ष हुनेगरि बनाउन खाेजेकाे जानकारी दिए । “जापानकाे माेडलमा नगई बिकास हुँदैन, जनसंख्या नभईकन बिकास गरेकाे अर्थ रहँदैन”, लामाले थपे ।

आफुले ५० लाख भन्दा कम बजेट बिनियाेजन नगर्ने भन्दा पनि प्रदेश सभा सदस्यहरूले सहमती नजनाएकाे लामाकाे भनाई छ । ईन्द्रावती गाउँपालिकाकाे समृद्विकाे लागि हातेमालाे गर्न आफु तयार रहेकाे उनले बताए ।

स्वागत कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, गाउँपालिकाका पुर्व अध्यक्ष वंशलाल तामाङ, गाउँपालिकाका कर्मचारीहरू लगायत उपस्थित थिए । गाउँपालिकाका अध्यक्ष झम्क नेपालले मुख्यमन्त्री बहादुर सिँह लामा(तामाङ) र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेलाई मायाकाे चिनाे प्रदान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय