BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

गुफाडाँडा । “मेलम्ची समृद्धिकाे आधार कृषि, पर्यटन, उद्योग र जलाधार” भन्ने मुल नाराका साथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ स्थित पर्यटकीयस्थल गुफाडाँडामा जलवायु सम्मेलन गरि आज पाँचौँ जलवायु दिवस कार्यक्रम गरिएकाे छ ।

पर्यटन प्रवर्द्वन र जलवायु अनुकुलताका लागि दिवसको कार्यक्रम गरिएकाे मेलम्ची नगरपालिकाले जनाएकाे छ । सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा(तामाङ)ले गरेका थिए ।

समुद्री सतहभन्दा २ हजार २५० मिटर उचाइमा अवस्थित गुफाडाँडामा जलवायु विज्ञबाट जलवायु अनुकूलता र प्रतिकूलताबारे विज्ञले प्रस्तुतीकरण गरे । गुफा डाँडाबाट विश्व समुदायलाई जलवायु परिवर्तनले नेपाल र नेपालीलाई पुर्‍याएको असरबारे सचेत रहन र त्यसबाट बच्ने उपाय दिन दिवस मनाईएकाे नगरप्रमुख आईतमान तामाङले जानकारी दिए ।

सम्मेलनमा बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गंगादत्त नेपालले जलवायु परिवर्तन सम्वन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । प्रकृतीमैत्री जीवन जिउन आवस्यक रहेको भन्दै नेपालले भावि पुस्ताको जीवन सुरक्षित बनाउन अहिलेको व्यक्तिहरूले काम गर्नुपर्नेमा जाेड दिए । जलवायु परिवर्तनले गरेका असर र न्युनिकरणका उपायको बारेमा उनले कार्यपत्र मार्फत सम्मेलनमा प्रस्तुती दिए ।

सम्मलनका प्रमुख अतिथी तथा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले गुफाडाँडालाई पर्यटकिय क्षेत्र बनाउनुका साथै स्याउ खेतिकाे लागी उपयुक्त हुने बताए । “हामीले प्रकृति लाई दोहन गरेका छौँ, प्रकृतिसंग हामी मिलेनौँ भने मानविय क्षति धेरै हुन्छ”, उनले भने “

डक बनाउँदा हामीले आइई र एआइ गरेको भन्छौँ तर त्यो डकुमेन्ट हेर्ने चलन छैन । हामीले डकुमेन्ट बनाउँछौ तर कार्यान्वयन गर्दैनौँ” उनले भने । लामाले मेलम्ची नगरपालिका संग ६०/४० प्रतिशतमा काम गर्न चाहेकाे बताउँदै यश क्षेत्रकाे समृद्विमा हातेमालाे गर्ने प्रतिवद्वता व्यक्त गरे ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछानेले बागमती प्रदेशमा सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमा भएको बताए । अति वृष्टि, अना वृष्टि र खाद्य संकटले मानव जिवनमा असर गरेको भन्दै बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गर्न उनले मुख्यमन्त्रीलाई आग्रह गरे । मानव जिवनशैली बाताबरणमैत्री हुनुपर्नेमा जोड दिँदै उनले सिन्धुपाल्चोकको बिकासमा हातेमालो गर्न तयार रहेकाे बताए ।

बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालले जलवायु परिवर्तनले रैथाने बालि नास भईरहेको बताएका छन । डोजरे बिकासले क्षति थोरै भएपनि जलवायु परिवर्तनले नै धेरै बिपत्ती निम्तिएको उनको भनाई थियो । “बिपद रोक्न सकिँदैन तर विपद बाट परेको असरको क्षति बिकसित र कार्वन उत्सर्जन गर्ने मुलुकले व्यहोर्नुपर्दछ”, उनले भने ।

मेलम्ची नगर प्रमुख आइतमान तामाङले प्रदेश संग ७०÷३० प्रतिशतमा काम गर्न तयार रहेको जानकारी दिए । जलवायु सम्मेलन मार्फत विश्व समुदायलाई सन्देश दिनुका साथै रोकथाम तथा न्युनीकरणका उपायको विषयमा खोजी गर्ने तामाङकाे भनाई छ । आगामी दिनमा प्रत्येक बर्ष जलवायु सम्मेलन आयोजना गर्नुका साथै अझ प्रभावकारी बनाउने उनकाे भनाई छ ।

मेलम्ची नगर उपप्रमुख उमा प्रधानले स्वागत मन्तव्य राख्दै जलवायु परिवर्तनले गर्ने असरलाई न्युनिकरण गर्न नसके भयावह अवस्था आउने बताइन । राज्यका सबै निकायले यसमा ध्यान दिनुपर्नेमा उनले जोड दिइन ।

आयोजक मेलम्ची नगरपालिकाले गुफाडाँडामा ७७ वटै जिल्लाको नाममा राष्ट्रिय झन्डा फहराएकाे थियाे । नगरपालिकाले कार्यक्रम स्थल, खानेपानी, शौचालय, फोहोर व्यवस्थापन लगायतका काम गरेकाे थियाे । टेन्ट र पार्किङ व्यवस्थापनका काम व्यवस्थित बनाइएको थियाे ।

२०७५ सालबाट जिल्ला समन्वय समितिले गुफाडाँडामा जलवायु सम्मेलन सुरु गरेको थियो । त्यस बेला राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु सम्मेलनको उद्घाटन गरेकि थिइन । सो समयमा ७७ जिल्लाका समन्वय प्रमुखहरू सहभागितामा जलवायु विज्ञहरूबाट प्रस्तुतीकरण भएको थियो । २०७९ बाट जिससले सो कार्यक्रमलाई निरन्तरता नदिएपछि मेलम्ची नगरपालिकाले जलवायु सम्मेलनलाई आयोजना गर्न थालेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय