BREAKING
जुगल बचत तथा ऋण सहकारी संस्था लि. काे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न | शैक्षिक अभियन्ता गिरीद्वारा ईन्द्रावतीका करिव ४५०० विद्यार्थीलाई न्यानो कपडा वितरण | संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्छ : अध्यक्ष नेपाल | मेलम्चीका ८० जनालाई विपद् जाेखिम न्यूनीकरण सम्बन्धि तालिम | प्रथम इन्द्रावती १२ कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव आयोजना हुँदै | नेकपा माओवादी केन्द्र पाँचपोखरीको अध्यक्षमा वाइबा | नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मेलम्चीको अध्यक्षमा कृष्णप्रसाद ढुंगाना | वसन्तपुरमा जारी श्रीमद्भागवत महापुराणकाे चाैथाे दिन : भक्तजनकाे उत्साहजनक सहभागिता | कांग्रेसले ३७ नेताहरूको नाममा खेलकुद प्रतियोगिता गर्ने | बागमती प्रदेशकाे एउटा क्याविनेट बैठक गुफाडाँडामा गराैँ : मन्त्री लामिछाने |

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन भएकाे हाे ।

अधिवेशन बाट कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गरिएकाे छ । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाञ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

मेलम्ची नगरपालिका भित्रका सेवानिवृत्त एवं शिक्षक सेवा आयोगमार्फत नवप्रवेशी शिक्षकहरुको सम्मान सहित पालिकामा गत वर्षको आधारभूत तह (कक्षा ८) उत्तीर्ण, कक्षा १० को एसइइ र कक्षा १२ को एसएलसी परीक्षामा सर्वोत्कृष्ट छात्र–छात्राहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

संगठनका निवर्तमान अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिब रेवतीरमण नेपालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रुद्रबहादुर चापागाई (रमेश) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनमार्फत १३ वटै वडामा वडा समितिहरु समेत गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय