BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, मेलम्ची नगर समितिको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन वागमती प्रदेश समिति अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन भएकाे हाे ।

अधिवेशन बाट कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा २७ सदस्यीय नगरकार्यसमिति गठन गरिएकाे छ । कार्यक्रमको उद्घाटन सत्रमा आयोजित विशेष कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व प्रमुख एवं नेकपाएमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर बहादुर अर्याल, मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा, जिल्ला समन्वय समितिका पूर्व प्रमुख कृष्णगोपाल तामाञ, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

मेलम्ची नगरपालिका भित्रका सेवानिवृत्त एवं शिक्षक सेवा आयोगमार्फत नवप्रवेशी शिक्षकहरुको सम्मान सहित पालिकामा गत वर्षको आधारभूत तह (कक्षा ८) उत्तीर्ण, कक्षा १० को एसइइ र कक्षा १२ को एसएलसी परीक्षामा सर्वोत्कृष्ट छात्र–छात्राहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

संगठनका निवर्तमान अध्यक्ष लेखनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सचिब रेवतीरमण नेपालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रुद्रबहादुर चापागाई (रमेश) ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनमार्फत १३ वटै वडामा वडा समितिहरु समेत गठन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय