
नवलपुर । संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्ने ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताएका छन ।
सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च, नेपाल, ईन्द्रावती ७ सिपापाेखरेकाे २६ औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले दत्तचित्त गरेर लाग्ने टिम भएमा मात्र संस्था सफल हुने धारणा राखे । सिडिइसिएफमा कुसल नेतृत्व भएकाे र साेकाे कारण संस्था चलायमान हुन सफल भएकाे उनले दावि गरे ।
“याे संस्था लाेकल एनजिओ भएपनि राष्ट्रिय स्तरकाे काम गरेकाे छ”, नेपालले भने “संघ संस्था प्रति जनप्रतिनिधिले कस्ताे भुमिका निर्वाह गर्नुपर्छ म त्यसकाे लागि तयार छु”। राम्राे काम गर्ने सबै गैह्र सरकारी संस्थालाई गाउँपालिकामा स्वागत गर्ने उनले प्रतिवद्वता व्यक्त गरे ।
अपाङ्गता, जलवायु परिवर्तन, विपद, भाैतिक निर्माण लगायत धेरै क्षेत्रमा काम गरेकाले सिडिइसिएफ प्रशंसा गर्न याेग्य रहेकाे नेपालले बताए । कृषि र पशुपालनमा ईन्द्रावती गाउँपालिकाले उल्लेख्य काम गरेकाे दावि गर्दै नेपालले एकै आर्थिक बर्षमा ६ वटा चिलिङ भ्याट स्थापना गरि सञ्चालन गर्ने ईन्द्रावती पहिलाे रहेकाे उनकाे भनाई छ ।