BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नवलपुर । संस्था कस्ताे हुने भन्ने कुरा संस्थाकाे नेतृत्वले निर्धारण गर्ने ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताएका छन ।

सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च, नेपाल,  ईन्द्रावती ७ सिपापाेखरेकाे २६ औँ वार्षिक साधारणसभा तथा सामाजिक लेखा परिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष नेपालले दत्तचित्त गरेर लाग्ने टिम भएमा मात्र संस्था सफल हुने धारणा राखे । सिडिइसिएफमा कुसल नेतृत्व भएकाे र साेकाे कारण संस्था चलायमान हुन सफल भएकाे उनले दावि गरे ।

“याे संस्था लाेकल एनजिओ भएपनि राष्ट्रिय स्तरकाे काम गरेकाे छ”, नेपालले भने “संघ संस्था प्रति जनप्रतिनिधिले कस्ताे भुमिका निर्वाह गर्नुपर्छ म त्यसकाे लागि तयार छु”। राम्राे काम गर्ने सबै गैह्र सरकारी संस्थालाई गाउँपालिकामा स्वागत गर्ने उनले प्रतिवद्वता व्यक्त गरे ।

अपाङ्गता, जलवायु परिवर्तन, विपद, भाैतिक निर्माण लगायत धेरै क्षेत्रमा काम गरेकाले सिडिइसिएफ प्रशंसा गर्न याेग्य रहेकाे नेपालले बताए । कृषि र पशुपालनमा ईन्द्रावती गाउँपालिकाले उल्लेख्य काम गरेकाे दावि गर्दै नेपालले एकै आर्थिक बर्षमा ६ वटा चिलिङ भ्याट स्थापना गरि सञ्चालन गर्ने ईन्द्रावती पहिलाे रहेकाे उनकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय