BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची । जुगल बचत तथा ऋण सहकारी संस्था लि. मेलम्ची ११ सिन्धुपाल्चाेककाे ३१ औँ बार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।

सहकारीका अध्यक्ष निरन श्रेष्ठकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । सभामा कार्यक्रमका संयाेजक जनकलाल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरे ।

संस्थामा १६५ जना शेयर सदस्यहरू रहेका छन । जसमा महिला ७९ जना र पुरूष ८६ जना रहेका छन । सभामा काेषाध्यक्ष सुमित्रा देउजाले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन । संस्थाकाे आर्थिक बर्ष २०८०/०८१ मा जम्मा आम्दानी २२ लाख ५७ हजार ७ सय ५ रूपैयाँ रहेकाे देउजाले प्रस्तुत गरेकाे प्रतिवेदनमा उल्लेख छ ।

संस्थाकाे ऋणमा व्याज आम्दानी १५ लाख ४ हजार ९ सय ३१ रहेकाे छ । अन्य आम्दानीमा ७ लाख ५२ हजार ७ सय ७४ रूपैयाँ रहेकाे छ । व्यय विवरणमा जम्मा खर्च २० लाख ९१ हजार ४ सय ९१ रूपैयाँ रहेकाे छ । संस्थाकाे नाफा १ लाख ६६ हजार २ सय १५ रहेकाे देउजाले जानकारी दिइन । संस्थाकाे शेयर पूँजी १ कराेड ८ लाख ८५ हजार ८ सय रूपैयाँ रहेकाे छ ।

 

साधारणासभामा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि मेलम्ची नगर प्रमुख आइतमान तामाङले बचतकर्ताकाे धिताे सुरक्षित हुनेगरी काम गर्न शुझाव दिए । शेयर सदस्य थाेरै भएपनि पुँजी धेरै रहेकाेले सहकारी राम्राे रहेकाे उनले बताए ।

कार्यक्रममा विशेष अतिथि मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले शेयर सदस्यहरू साधारणसभामा मात्र आउने गरेकाे भन्दै अन्य समयमा पनि सहकारीकाे बिषयमा शेयर सदस्यले चासाे देखाउनुपर्ने धारणा राखिन । सहकारी बिज्ञ नै बाेलाएर अतिथि बनाउँदा सहकारीकाे उद्देश्य र नितिकाे बारेमा ज्ञान पाउन सकिने भन्दै त्यसमा सहकारीले ध्यान दिन प्रधानले आग्रह गरिन । “सहकारीकाे मूल्य मान्यता अनुरूप चल्नुस, शुभकामना छ”, उनले भनिन ।

कार्यक्रममा मेलम्ची ९ का वडा अध्यक्ष किरणदिप खड्काले समुदायका पिर मर्का माथी सहकारीले ध्यान दिनुपर्ने बताए । सहकारी सहकारी बिचमा पारस्परिक सम्बन्ध हुनुपर्ने उनकाे भनाई छ । संस्थाकाे बचत र ऋण लगानीमा तालमेल मिल्नुपर्ने उनले सुझाव दिए । संस्थाकाे बचत निक्षेप ३१ लाख ९१ हजार ३ सय ६० रहेकाे छ । साथै ऋण लगानी १ कराेड ३७ लाख २३ हजार ५ सय ५२ रहेकाे छ ।

मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले कुनै कुनै सहकारीले हाेटलकाे काेठामा बसेर साधारणसभा गरेकाे भन्दै सहकारीले सबैलाई समेट्नुपर्ने बताए । शुभकामना सहकरीका अध्यक्ष रुद्रप्रसाद दुलालले सहकारी सहि ढंगले चल्नु पर्नेमा जोड दिए ।

साधारणसभाकाे समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा संस्थाका अध्यक्ष निरन श्रेष्ठले सेयर सदस्यकाे सहयाेगलेनै सहकारी जिवित रहेकाे बताए । संस्थालाई जिवन्त बनाउन सहयाेग गर्ने सबैलाई उनले धन्यवाद दिए । आगामी दिनमा सबैकाे सहयाेग र समन्वय प्राप्त गर्ने विश्वास उनकाे थियाे । गत आर्थिक बर्षमा लिएकाे लक्ष्य हाँसिल गर्न सफल भएकाे उनले दावि गरे ।

कार्यक्रमकाे सञ्चालन नेपाल पत्रकार महासंघ सिन्धुपाल्चाेकका सहसचिव देवराज सुवेदिले गरेका थिए । कार्यक्रममा सेयर सदस्यहरू, समाजसेवि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय