BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

हेलम्बु । बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ (समीर) ले तिनै तहको सरकार मिलेर शिक्षा क्षेत्र सुधारमा लाग्नु पर्ने बताएका छन ।

हेलम्बु गाउँपालिका वडा नम्बर -३ पाल्चोक स्थित जयबागेश्वरी माध्यमिक विधालयको ६१औं वार्षिकोत्सव तथा अभिभावक भेला लाई शनिबार सम्वाेधन गर्दै प्रमुख अतिथि रहेका तामाङले विद्यालयलाई आवश्यक  सहयोग गर्न आफु तयार रहेको बताए । यस आर्थिक बर्षमा पाल्चोकमा ९-१० वटा योजना रहेको बताउँदै आगामी दिनमा अझै बजेट बिनियोजन गरि विकासको काम गरिने उनले बताए ।

यश आर्थिक बर्ष बजेट नपरेको स्थानलाई आगामी बर्ष ध्यान दिने बताउँदै तामाङले भने “खेलकुद मैदानको लागि आगामी बर्ष बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्दछु” । खेल सामग्री केहिदिनमै सहयोग गर्ने बताँउदै अरुले सहयोग नगरे आफैंले विद्यालयकाे कम्प्युटर मर्मत लगायत काम गरिदिने बताए ।

कार्यक्रममा मन्तब्य राख्दै हेलम्बु गाउँपालिकाकि उपाध्यक्ष अप्सरा लामिछानेले पालिकाले ठूलो रकम शिक्षामा खर्च गरेको बताइन । विद्यालय अनुगमन संयोजक मार्फत स्कुलका समस्या यथार्थ आउने र त्यसको समाधान गरिने समेत प्रतिवद्वता ब्यक्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय