BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

पाँचपोखरी क्षेत्रमा टेलिकम टावर स्थापना गर्नका लागि आवश्यक अनुमति अन्ततः प्राप्त भएको छ। निकुञ्जको स्वीकृतिसँगै अब यस क्षेत्रका तीर्थयात्री, पर्यटक तथा स्थानीय बासिन्दाले लामो प्रतीक्षापछि दूरसञ्चार सेवाको पहुँच पाउने आशा गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले तीन वर्षदेखि निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै अथक तीन वर्षको प्रयासपछि अन्ततः पाँचपोखरीमा टेलिकम टावर राख्नका लागि निकुञ्जबाट अनुमति प्राप्त भएकोमा असाध्यै हर्षित भएको बताउनुभयो । तीर्थयात्री, पर्यटक र आम नागरिकको दीर्घ प्रतीक्षालाई अन्त्य गर्दै अब चाँडै टेलिकम टावर स्थापनाको कार्य अघि बढ्ने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
यससँगै पाँचपोखरीसम्म विद्युत् लाइन विस्तारका लागि पनि आवश्यक स्वीकृतिको कानुनी प्रक्रिया अगाडि बढिरहेको लामाले बताउनुभयो ।
अभियानको प्रारम्भदेखि साथ, सहयोग र समझदारीका लागि जिल्ला प्रशासन कार्यालयलाई विशेष धन्यवाद ब्यक्त गर्नुभयो ।
यस कदमले पाँचपोखरी क्षेत्रको धार्मिक पर्यटन, आपतकालीन संचार सुविधा र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय