BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले योजनाका कामहरू प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न सबै सरोकारवालालाई आग्रह गर्नुभयो । समृद्ध नगर निर्माणको अभियानमा सबैको एकताबद्ध सहयोग अपरिहार्य रहेको प्रमुख तामाङको भनाई थियो ।

May be an image of one or more people, dais and text that says 'නැනන गे ययाँ श्ुण एउत म ปัง elu पयोजक नगर सिन्धप 平'

कार्यक्रममा उप–प्रमुख उमा प्रधानले नगरका योजनाको अनुगमन पक्षलाई व्यवस्थित ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरले सञ्चालन गर्ने कार्यक्रमहरू दिगो र उपलब्धिमूलक हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अघिल्लो आर्थिक वर्षमा नगरले सम्पादन गरेका कार्य, उपलब्धि, समस्या र समाधानका विषयमा विस्तृत प्रस्तुतीकरण गर्नुभयो ।

May be an image of one or more people
कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले वडास्तरबाट गरेका कार्यको अनुभव आदानप्ररदान गर्नुको साथै सुधार गर्नुपर्ने पक्षको विषयमा सुझाव दिनु भयो । साथै, नगर क्षेत्रभित्र क्रियाशील गैरसरकारी संस्थाहरूले पनि आफ्ना–आफ्ना परियोजनाको कार्य प्रगति तथा उपलब्धिहरूको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रमले नगरपालिकाको नीति, योजना र कार्यान्वयन प्रक्रियालाई अझ पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाइएको छ ।

May be an image of one or more people

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय