पाकिस्तानको राजधानी इस्लामावादस्थित जिल्ला अदालत को प्रवेशद्वार बाहिर मंगलबार एक भयानक आत्मघाती विस्फोट मा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी ले यो घटना आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन्। आत्मघाती विस्फोट अदालत लक्षित थियो। तर अदालतभित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट भएको मन्त्री नकभीले बताए।

‘आक्रमणकारी अदालत बाहिर १२ मिनेटसम्म बस्यो। सुरूमा उनले भित्र प्रवेश गर्ने प्रयास गरे तर प्रवेश गर्न नसकेपछि प्रहरीको गाडीलाई लक्षित गरेका थिए,’ उनले भने।मन्त्री नकभीले अनुसन्धान भइरहेको र घटनामा संलग्नको छिट्टै पहिचान गर्ने पनि बताएका छन्।

