BREAKING
धापमा सडक कटानपछि पहिरोको जोखिम, ५० भन्दा बढी घर संकटमा : स्थानीय त्रसित | मेलम्चीमा ‘क्याच एण्ड सर्भ बल’ प्रतियोगिता सम्पन्न, खेलमार्फत महिला सशक्तीकरण र स्वस्थ जीवनशैलीमा जोड | कृष्णहरि अर्याल प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित | हेलम्बु गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | आठौँ पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगितामा सात टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा | हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड |

पाकिस्तानको राजधानी इस्लामावादस्थित जिल्ला अदालत  को प्रवेशद्वार बाहिर मंगलबार  एक भयानक आत्मघाती विस्फोट मा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।पाकिस्तानका गृहमन्त्री मोहसिन नकवी ले यो घटना आत्मघाती विस्फोट भएको पुष्टि गरेका छन्। आत्मघाती विस्फोट अदालत लक्षित थियो। तर अदालतभित्र प्रवेश गर्न नसकेपछि बाहिरै विस्फोट भएको मन्त्री नकभीले बताए।

‘आक्रमणकारी अदालत बाहिर १२ मिनेटसम्म बस्यो। सुरूमा उनले भित्र प्रवेश गर्ने प्रयास गरे तर प्रवेश गर्न नसकेपछि प्रहरीको गाडीलाई लक्षित गरेका थिए,’ उनले भने।मन्त्री नकभीले अनुसन्धान भइरहेको र घटनामा संलग्नको छिट्टै पहिचान गर्ने पनि बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय