BREAKING
बागमती प्रदेशका मन्त्रीहरु द्धारा छाप भञ्ज्याङ–फट्केश्वर सडकको अनुगमन | कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा | एनपीएलमा पाँचौं हारसँगै कर्णाली याक्स बाहिरियो | चौतारामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत न्यायिक समितिको सडक नाटक | वादो काई कराँतेकोे बेल्ट प्रमोशन ग्रेडिङ सम्पन्न, ३२ खेलाडीले पाए नयाँ बेल्ट | सिन्धुपाल्चोकमा थपिए ९ हजारभन्दा बढी नयाँ मतदाता | मेलम्ची स्थित बशिष्ठधाम कुल मन्दिरमा श्रीमद्भागवत ज्ञानमहायज्ञ–२०८२ आयोजना हुँने | NPL को लागि भव्य तयारी , भोलिदेखि लिग सुरु | सुन्दर मेलम्ची निर्माणका लागी सक्रिय युवा समुहलाई वर्ल्डलिंक द्वारा डस्टबिन सहयाेग | सिन्धुपाल्चोकमा एमालेलाई पहिलो दल बनाउने प्रतिबद्धता, खाडीचौरमा भव्य शक्ति प्रदर्शन |

नेकपा (एमाले) पाँचपोखरी थाङपाल गाउँपालिका कमिटी अध्यक्षमा दोकदोक तामाङ चयन हुनु भएको छ । नेकपा(एमाले) पाँचपोखरी थाङपाल गाउंपालिका कमिटीको आज बसेको बिस्तारीत बैठकबाट तामाङ अध्यक्षमा चयन हुनु भएको हो । गाउँपालिका कमिटिका निर्बाचित अध्यक्ष सुर्यमान दोङको केही महिना अगाडी क्यान्सरबाट निधन भएको कारणले कमिटी अध्यक्ष बिहिन भएको थियो ।
साथै गाउँपालिका कमिटी उपाध्यक्षमा बाबुराम पौडेल चयन हुनु भएको छ । उपाध्यक्ष दोकदोक तामाङ अध्यक्ष चयन हुनु भएकोले उहाँको स्थानमा बाबुराम पौडेल चयन हुनु भएको हो । सो कार्यक्रममा एमाले केन्दृय प्रतिनिधि परिषद सदस्य माधब प्रसाद पाण्डे,गाउँपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी ,पुर्ब बागमती प्रदेश कमिटी सदस्य शिशिर वाईबा ,जिल्ला कमिटी सदस्यहरु नारायण भट्टराई ,पासाङ लामा,दोर्जे लामा,माला वाईबा, वडा अध्यक्षहरु ,वडा कमिटिका अध्यक्षहरु लगायतको उपस्थिति रहेको जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो ।
सो बिस्तारित बैठकबाट विभिन्न महत्वपूर्ण बिषयबस्तुहरुमा छलफल भै पारित भएको र पार्टीद्वारा पाँचपोखरीमा विभिन्न गतिविधि निरन्तर सन्चालन गरिने पाँचपोखरी थाङपाल गाउँपालिका कमिटी सचिब सुशान बोम्जनले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय