BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेकपा (एमाले) पाँचपोखरी थाङपाल गाउँपालिका कमिटी अध्यक्षमा दोकदोक तामाङ चयन हुनु भएको छ । नेकपा(एमाले) पाँचपोखरी थाङपाल गाउंपालिका कमिटीको आज बसेको बिस्तारीत बैठकबाट तामाङ अध्यक्षमा चयन हुनु भएको हो । गाउँपालिका कमिटिका निर्बाचित अध्यक्ष सुर्यमान दोङको केही महिना अगाडी क्यान्सरबाट निधन भएको कारणले कमिटी अध्यक्ष बिहिन भएको थियो ।
साथै गाउँपालिका कमिटी उपाध्यक्षमा बाबुराम पौडेल चयन हुनु भएको छ । उपाध्यक्ष दोकदोक तामाङ अध्यक्ष चयन हुनु भएकोले उहाँको स्थानमा बाबुराम पौडेल चयन हुनु भएको हो । सो कार्यक्रममा एमाले केन्दृय प्रतिनिधि परिषद सदस्य माधब प्रसाद पाण्डे,गाउँपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी ,पुर्ब बागमती प्रदेश कमिटी सदस्य शिशिर वाईबा ,जिल्ला कमिटी सदस्यहरु नारायण भट्टराई ,पासाङ लामा,दोर्जे लामा,माला वाईबा, वडा अध्यक्षहरु ,वडा कमिटिका अध्यक्षहरु लगायतको उपस्थिति रहेको जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो ।
सो बिस्तारित बैठकबाट विभिन्न महत्वपूर्ण बिषयबस्तुहरुमा छलफल भै पारित भएको र पार्टीद्वारा पाँचपोखरीमा विभिन्न गतिविधि निरन्तर सन्चालन गरिने पाँचपोखरी थाङपाल गाउँपालिका कमिटी सचिब सुशान बोम्जनले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय