BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

नेपाल वादो काई कराँते संघ शाखा डोजो मेलम्चीद्वारा आयोजित बेल्ट प्रमोशन ग्रेडिङ्ग कार्यक्रम आज मेलम्ची–१२ स्थित जालपादेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख तथा नेपाल वादो काई कराँते संघका केन्द्रिय अध्यक्ष आइतमान तामाङ प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा संघका संस्थापक तथा वरिष्ठ प्रशिक्षक होमबहादुर मोक्तान, अन्तर्राष्ट्रिय निर्णायक नारायण मगर, प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

ग्रेडिङ कार्यक्रममा जालपादेवी माध्यमिक विद्यालय र इन्द्रेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । परीक्षणको आधारमा ३२ जना खेलाडीको बेल्ट बढुवा गरिएको छ । यसअन्तर्गत ह्वाइटबाट एल्लो, एल्लोबाट ब्ल्यू, र अरेन्ज बेल्ट प्रदान गरिएको प्रशिक्षक मिङ्मार तामाङले जानकारी दिनुभयो ।
प्रमुख अतिथि आइतमान तामाङले खेलकुदले युवामा आत्मविश्वास, शारीरिक फिटनेस र सकारात्मक सोच अभिवृद्धि गर्ने भन्दै कराँते जस्तो मार्शल आर्टले समाजमा अनुशासन र नेतृत्व निर्माणमा ठूलो योगदान पुग्ने बताउनुभयो ।
वरिष्ठ प्रशिक्षक होमबहादुर मोक्तानले नियमित अभ्यास र प्रतिबद्धता कराँते सिकाइको मुख्य आधार भएको उल्लेख गर्दै खेलाडीहरूलाई अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो । विद्यालयका प्रधानाध्यापक अध्यक्ष इन्द्रप्रसाद दुलालले जुनकसुकै खेलले खेलाडीहरूलाई अनुशासन, मिहिनेत र लगनशीलतासँग अघि बढ्न प्रेरित गर्ने बताउनुभयो । खेलकुदमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सहयोग पुगेको बताउँदै संघलाई धन्यवाद व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय