BREAKING
हेलम्बुमा क्रिकेटका प्राविधिक जनशक्ति उत्पादनका लागि ‘ओ लेभल’ तालिम सञ्चालन हुने | पाँचपोखरीमा शिक्षा र जीविकोपार्जन प्रवर्द्धन : ३६ विद्यार्थीलाई शैक्षिक सामग्री, १३ परिवारलाई बाख्रा सहयोग | पाँचपोखरी थाङपाल गाउँपालिकाद्वारा एसइई र कक्षा ८ का उत्कृष्ट विद्यार्थी सम्मानित | क्रिकेट विकासमा योगदानको कदर गर्दै क्रिकेट संघ सिन्धुपाल्चोकका अध्यक्ष विजय धिताल सम्मानित | हेलम्बुमा कृषि जैविक विविधता मेला सम्पन्न : रैथाने बाली संरक्षण र सामुदायिक बिउ बैंक स्थापनामा जोड | प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्चीको एसईई–२०८२ मा ऐतिहासिक सफलता | SEE २०८२ मा इष्ट पोइन्टको १०० प्रतिशत नतिजा, ११ विद्यार्थीले ल्याए A+ ; औषत GPA नै ३.६४ | मेलम्ची–११ मा रास्वपाको संगठन विस्तार, महेश चालिसेको नेतृत्वमा वडा समिति गठन | मेलम्ची नगरस्तरीय वडा अध्यक्ष कप भलिबलको उपाधि दुवाचौरलाई | `सिन्धुको पानी सिन्धुबासीको´ लगानी |

तालामाराङ । मेलम्ची नगरपालिका वडा नम्बर -६ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा सम्पन्न भएको छ । मेलम्ची ६ का वडा अध्यक्ष प्रेम बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथी तामाङले सहकारीबाट लिएको ऋण सदुपयोग गर्नुपर्नेमा जोड दिए । ऋण लिएर तिर्नु पर्दैन भन्ने मानसिकता त्याग्न आग्रह गर्दै जसरी पनि तिर्नुपर्ने तामाङकाे भनाई थियाे । सहकारीलाई वडासंग सहकार्य गरेर काम गर्न आग्रह समेत गरे ।

सहकारीका अध्यक्ष सुनिता पराजुलीले ऋण दिने बचत गर्ने मात्र नभई यस सहकारी कृषि सहकारी रहेकाले नगरपालिकासंग समन्वय गरि कृषिको क्षेत्रमा काम गरिरहेको बताईन । उनले सहकारीलाई ब्यक्तिगत नसोची सामुहिक सोच्न आग्रह गरिन ।

मेलम्ची -६ कार्यक्षेत्र रहेको सहकारीको ७६८ सदस्य रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय